Logo

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट



काठमाडौँ, २९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ शीतल निवासमा भेटवार्ता भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको १०६औँ श्रम सम्मेलनमा सहभागी हुन मङ्गलबार त्यसतर्फ जाँदै हुनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot