काठमाडौँ, २९ जेठ । नेकपा (एमाले) ले आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत प्रदेश नं ५ का १२ जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा उम्मेदवारको नामावली तय गरेको छ ।
पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले सम्बन्धित तल्ला कमिटी र प्रदेश सङ्गठन कमिटीका सिफारिसका आधारमा ती नाम तय भएको र बाँकी प्रदेशअन्तर्गतका तहको नामावली पनि क्रमशः पठाइने बताउनुभयो । स्थायी कमिटीले भने महानगरका उम्मेदवार छान्ने गरेको छ ।
पार्टीले आज जारी गरेको विज्ञप्तिअनुसार परासी जिल्लाका सरावल गाउँपालिका अध्यक्षमा प्रह्लाद पासवान र उपाध्यक्षमा पानमती चौधरी फौजदार, पाल्हीनन्दन गाउँपालिका अध्यक्षमा सुरेश तेली र उपाध्यक्षमा शकुन्तलादेवी पटनवार, प्रतापपुर गाउँपालिका अध्यक्षमा दूधनाथ गुप्ता र उपाध्यक्षमा मीनाकुमारी कक्षपति, सुस्ता गाउँपालिका अध्यक्षमा रामपसाद पाण्डे र उपाध्यक्षमा इन्द्रकुमारी थरुनी, बर्दघाट नगरपालिका प्रमुखमा धीरज शर्मा (बस्याल) र उपप्रमुखमा माया पौडेल, सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल र उपप्रमुखमा दधिराम अर्याल तथा रामग्राम नगरपालिका प्रमुखमा उमाशङ्कर चौधरी र उपप्रमुखमा उमा यादव उम्मेदवार बन्नुहुनेछ ।
त्यसैगरी रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका प्रमुखमा शिवराज सुवेदी र उपप्रमुखमा गोमा आचार्य, देवदह नगरपालिका प्रमुखमा टीकाराम चापागार्इं र उपप्रमुखमा विद्या गुरुङ, तिलोत्तमा नगरपालिका प्रमुखमा वासुदेव घिमिरे र उपप्रमुखमा जागेश्वरी चौधरी, सैनामैना नगरपालिका प्रमुखमा चित्रबहादुर केसी र उपप्रमुखमा विना राना मगर तथा ओमसतीया गाउँपालिका अध्यक्षमा इन्द्रजित यादव र उपाध्यक्षमा राजकुमारी चौधरीको नाम तय भएको छ ।
रोहिणी गाउँपालिका अध्यक्षमा नरसिंह चौधरी र उपाध्यक्षमा अनिता हरिजन, सिद्धार्थनगर नगरपालिका प्रमुखमा हरि अधिकारी र उपप्रमुखमा उमा काफ्ले, मायादेवी गाउँपालिका अध्यक्षमा रामचन्द्र यादव र उपाध्यक्षमा द्रौपदी चौधरी, मर्चवारीमाई गाउँपालिका अध्यक्षमा कमलेश यादव र उपाध्यक्षमा वृन्दा गौण, सम्मरीमाई गाउँपालिका अध्यक्षमा सुभान मुसल्मान र उपाध्यक्षमा रेश्मी धोबी, कोटहीमाई गाउँपालिका अध्यक्षमा विन्द्याचल यादव र उपाध्यक्षमा गङ्गादेवी ठटेर तथा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा इन्साफ मुसलमान र उपप्रमुखमा गोमा गुरुङलाई उम्मेदवार चयन गरिएको छ ।
गैडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्रकुमार पौडेल र उपाध्यक्षमा कलावती जैसवाल, कञ्चन गाउँपालिका अध्यक्षमा गोकर्ण क्षेत्री र उपाध्यक्षमा गोमा तरामु, शुद्धोधन गाउँपालिका अध्यक्षमा किसुनचन चौधरी र उपाध्यक्षमा शान्ता ज्ञवाली तथा सियारी गाउँपालिका अध्यक्षमा अयोध्या चौधरी र उपाध्यक्षमा अमृता गुरुङलाई चयन गरिएको छ ।
त्यस्तै कपिलवस्तु जिल्लाका वाणगङ्गा नगरपालिका प्रमुखमा विमला घिमिरे र उपप्रमुखमा चक्रपाणि अर्याल, बुद्धभूमि नगरपालिका प्रमुखमा रुपेश श्रेष्ठ र उपप्रमुखमा मञ्जु चौधरी, शिवराज नगरपालिका प्रमुखमा नेत्रराज अधिकारी र उपप्रमुखमा शिवकुमारी चौधरी, कृष्णनगर नगरपालिका प्रमुखमा सुशील श्रीवास्तव र उपप्रमुखमा सपुरन निशा, महाराजगन्ज नगरपालिका प्रमुखमा मैराज खान तथा कपिलवस्तु नगरपालिका प्रमुखमा आजाद अहमद दर्जी र उपप्रमुखमा सरिता आचार्यको उम्मेदवारी तय भएको छ ।
त्यसैगरी विजयनगर गाउँपालिका अध्यक्षमा गोपाल थापा, यशोधरा गाउँपालिका अध्यक्षमा हरम सरिफ मुसल्मान र उपाध्यक्षमा साधिका यादव, मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिम र उपाध्यक्षमा राधेश्याम कुर्मी तथा शुद्धोधन गाउँपालिका अध्यक्षमा अब्दुल मुजिम खाँ र उपाध्यक्षमा राधिका यादवको उम्मेदवारी तय भएको छ ।
दाङ जिल्लाका तुलसीपुर उपमहानगरपालिका प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्य, घोराही उपमहानगरपालिका प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने, बबई गाउँपालिका अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्मा, शान्तिनगर गाउँपालिका अध्यक्षमा विष्णुबहादुर केसी र उपाध्यक्षमा खिमा पाण्डे, दङ्गीशरण गाउँपालिका अध्यक्षमा भागीराम चौधरी र उपाध्यक्षमा सीमा न्यौपाने, बङ्गलाचुली गाउँपालिका अध्यक्षमा गिरबहादुर कँुवर र उपाध्यक्षमा तारा थापा, राप्ती गाउँपालिका अध्यक्षमा खिमबहादुर केसी र उपाध्यक्षमा हिमानी न्यौपाने, गढवा गाउँपालिका अध्यक्षमा सहजराम यादव र उपाध्यक्षमा शान्ति चौधरी, राजपुर गाउँपालिका अध्यक्षमा कुलराज गिरी र उपाध्यक्षमा सीता यादव तथा लमही नगरपालिका अध्यक्षमा कुलबहादुर केसी र उपाध्यक्षमा मीना गुरुङ तय भएका छन् ।
बाँके जिल्लाका नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा समसुद्दिन सिद्धिकी र उपप्रमुखमा शान्तिदेवी ढकाल, नरैनापुर गाउँपालिका अध्यक्षमा विक्रम यादव र उपाध्यक्षमा सुनितादेवी यादव, राप्ती सोनारी गाउँपालिका अध्यक्षमा तुलसीराम थारु र उपाध्यक्षमा चमेली वाकवल, वैजनाथ गाउँपालिका अध्यक्षमा मानबहादुर रुचाल र उपाध्यक्षमा शारदा रेग्मी विश्वकर्मा, खजुरा गाउँपालिका अध्यक्षमा किस्मतकुमार कक्षपति र उपाध्यक्षमा एकमाया विश्वकर्मा, डुडुवा गाउँपालिका अध्यक्षमा सकिल अहमद खाँ र उपाध्यक्षमा कृष्णावती पाण्डे, जानकी गाउँपालिका अध्यक्षमा रामनिवास यादव र उपाध्यक्षमा भूमिसरा धिताल तथा कोहलपुर नगरपालिका प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णाकुमारी चौधरीको उम्मेदवारी तय भएको छ ।
बर्दिया जिल्लाका गुलरिया नगरपालिका प्रमुखमा हरिप्रसाद ज्ञवाली र उपप्रमुखमा टीका सम्सेली, मधुवन नगरपालिका प्रमुखमा दुर्गाबहादुर ओली र उपप्रमुखमा हिरा चौधरी, राजापुर नगरपालिका प्रमुखमा पाहारी थारु र उपप्रमुखमा कृष्णी थारु, बारबर्दिया नगरपालिका प्रमुखमा रामबहादुर चौधरी र उपप्रमुखमा पुष्पा ओली, ठाकुरबाबा नगरपालिका प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा विना भट्टराई, बाँसगढी नगरपालिका प्रमुखमा शालिकराम अधिकारी र उपप्रमुखमा सुष्मा चौधरी, बढैयाताल गाउँपालिका अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा दीपा गौतम, गेरुवा गाउँपालिका अध्यक्षमा नुतनकुमार थारु र उपाध्यक्षमा मञ्जु शर्माको उम्मेदवारी तय भएको हो ।
पार्टीले रोल्पा जिल्लामा रुन्टीगढी गाउँपालिका अध्यक्षमा बालाराम बुढा र उपाध्यक्षमा छमाया पुन, त्रिवेणी गाउँपालिका अध्यक्षमा शान्तकुमार ओली र उपाध्यक्षमा सावित्रा बुढा मगर, माडी गाउँपालिका अध्यक्षमा प्रेमबहादुर घर्ती मगर र उपाध्यक्षमा कमला परियार, सुकिदह गाउँपालिका अध्यक्षमा रोशनकुमार ओली र उपाध्यक्षमा निर्मलाकुुमारी ओली, दुईखोली गाउँपालिका अध्यक्षमा लोकेन्द्र घर्ती मगर र उपाध्यक्षमा कमला रोका मगर, थवाङ गाउँपालिका अध्यक्षमा हितबहादुर रोका मगर र उपाध्यक्षमा धनकुमारी बुढामगर तथा सुनछहरी गाउँपालिका अध्यक्षमा रिमु खत्री र उपाध्यक्षमा कर्मा रोका मगरको उम्मेदवारी हुने छ ।
त्यस्तै लुङ्ग्री गाउँपालिका अध्यक्षमा राजेन्द्र बुढाथोकी र उपाध्यक्षमा नमकली बानियाँ, सुवर्णावती गाउँपालिका अध्यक्षमा खिमचन्द्र पुन मगर र उपाध्यक्षमा रिता विष्ट क्षेत्री तथा रोल्पा नगरपालिका प्रमुखमा मीना शर्मा र उपप्रमुखमा नन्दकुमार आचार्यको उम्मेदवारी पार्टीले तय गरेको छ ।
रुकुम जिल्लाका पुठा उत्तरगङ्गा गाउँपालिका अध्यक्षमा भिउमान घर्ती र उपाध्यक्षमा सीता घपाने, सिस्ने गाउँपालिका अध्यक्षमा नन्दलाल शर्मा र उपाध्यक्षमा नुमेन्द्र खड्का तथा भूमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकार र उपाध्यक्षमा कमानसिंह डाँगी तय भएका छन् ।
त्यसैगरी प्युठान जिल्लाका झिमरुक गाउँपालिका अध्यक्षमा मानबहादुर जिसी र उपाध्यक्षमा कमला रिजाल, नौबहिनी गाउँपालिका अध्यक्षमा डिलबहादुर थापा मगर र उपाध्यक्षमा चित्रकली बुढा, गौमुखी गाउँपालिका अध्यक्षमा रतिमान राना र उपाध्यक्षमा ज्ञानुमाया केसी, मल्लरानी गाउँपालिका अध्यक्षमा इमानसिंह भारती र उपाध्यक्षमा सरिता पोखरेल, ऐरावती गाउँपालिका अध्यक्षमा टीकाबहादुर गुरुङ र उपाध्यक्षमा वसन्ता आचार्य, सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा र उपाध्यक्षमा मीना सोमै मगर, माण्डवी गाउँपालिका अध्यक्षमा श्रीधर रोका र उपाध्यक्षमा सम्झना घर्ती मगर, स्वर्गद्वारी नगरपालिका प्रमुखमा नेत्रबहादुर रोकाय र उपप्रमुखमा गोमा रेग्मी तथा प्युठान नगरपालिका प्रमुखमा तुल्सीराम शर्मा र उपप्रमुखमा शान्ता आचार्यको नाम तय गरिएको छ ।
अर्घाखाँची जिल्लाका सन्धिखर्क नगरपालिका प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा ईश्वरा पोख्रेल, सीतगङ्गा नगरपालिका प्रमुखमा वसन्तकुमार श्रेष्ठ र उपप्रमुखमा गीता भाट, भूमिकास्थान नगरपालिका प्रमुखमा पीताम्बर भुसाल र उपप्रमुखमा सुनिता बेलवासे, मालारानी गाउँपालिका अध्यक्षमा बालकृष्ण आचार्य र उपाध्यक्षमा प्रमिला क्षेत्री, छत्रदेव गाउँपालिका अध्यक्षमा ऋषिराम अधिकारी र उपाध्यक्षमा मनिषा शर्मा पन्थी, पाणिनि गाउँपालिका अध्यक्षमा जीवनारायण कोइराला र उपाध्यक्षमा लक्ष्मी गौतमको उम्मेदवार तय भएको छ ।
गुल्मी जिल्लाका कालीगण्डकी गाउँपालिका अध्यक्षमा टीकाराम ढकाल र उपाध्यक्षमा चन्द्रा पराजुली, सत्यवती गाउँपालिका अध्यक्षमा अमर सिंजापति र उपाध्यक्षमा सूवर्ण शेरचन शाही, चन्द्रकोट गाउँपालिका अध्यक्षमा ममलाल श्रेष्ठ र उपाध्यक्षमा राधिका अर्याल, मुसिकोट नगरपालिका प्रमुखमा सोमनाथ सापकोटा र उपप्रमुखमा कमला शर्मा, रुरु गाउँपालिका अध्यक्षमा नीलकण्ठ गौतम र उपाध्यक्षमा लक्ष्मी पन्थ, छत्रकोट गाउँपालिका अध्यक्षमा मधुकृष्ण पन्थ र उपाध्यक्षमा नर्मदा भण्डारी, गुल्मीदरबार गाउँपालिका अध्यक्षमा कृष्णबहादुर भुसाल र उपाध्यक्षमा सुशीला पुन मगर तथा रेसुङ्गा नगरपालिका प्रमुखमा डिल्लीराज भुसाल र उपप्रमुखमा ललिता गौतमको उम्मेदवारी तय भएको छ ।
धुर्कोट गाउँपालिका अध्यक्षमा कृष्ण घिमिरे र उपाध्यक्षमा रिता थापा काउछा, मदाने गाउँपालिका अध्यक्षमा दानबहादुर केसी र उपाध्यक्षमा सरिता खड्का, मालिका गाउँपालिका अध्यक्षमा रितबहादुर थापा र उपाध्यक्षमा देवा अर्याल तथा इस्मा गाउँपालिका अध्यक्षमा लक्ष्मण विष्ट र उपाध्यक्षमा विमला खत्रीलाई उम्मेदवार बनाइने भएको छ ।
पाल्पा जिल्लाका निस्दी गाउँपालिका अध्यक्षमा मुक्तबहादुर सारु र उपाध्यक्षमा रिता अर्याल, रामपुर नगरपालिका प्रमुखमा राजुप्रसाद श्रेष्ठ र उपप्रमुखमा दुर्गादेवी राना, पूर्वखोला गाउँपालिका अध्यक्षमा नुनबहादुर थापा मगर र उपाध्यक्षमा भागिरथी भट्टराई, रम्भा गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा राधा श्रेष्ठ तथा माथागढी गाउँपालिका अध्यक्षमा विमल काफ्ले र उपाध्यक्षमा माया चिदी मगरको उम्मेदवारी तय भएको छ ।
त्यसैगरी तिनाउ गाउँपालिका अध्यक्षमा ओमबहादुर घर्ती मगर र उपाध्यक्षमा दमयन्ती थापा मगर, वगनासकाली गाउँपालिका अध्यक्षमा देवीप्रसाद बस्याल र उपाध्यक्षमा सरस्वती चिदी मगर, तानसेन नगरपालिका अध्यक्षमा अशोककुमार शाही र उपाध्यक्षमा लक्ष्मी पाठक, रिब्दीकोट गाउँपालिका अध्यक्षमा नारायणबहादुर जिसी र उपाध्यक्षमा लक्ष्मी खनाल, रैनादेवी छहरा गाउँपालिका अध्यक्षमा रामबहादुर राउत र उपाध्यक्षमा गोमा रास्कोटी मगरको उम्मेदवारी पार्टीले तय गरेको छ । रासस