Logo

चुनावमा सहभागी हुनेबारे देउवा र प्रचण्डलाई महन्थ ठाकुरको नयाँ प्रस्ताव



काठमाडौं, ३० जेष्ठ । राजपा नेपालका अध्यक्ष महन्ठ ठाकुरले सत्तारुढ दललाई आफूहरु चुनावमा सहभागी हुनको लागि अहिले संविधान संशोधनलाई तत्काल थाती राखेर भएपनि आफूहरु तयार रहेको तर आफूहरुले अघि सारेका तीन माँगहरु पूरा गर्नुपर्ने प्रस्ताव पठाएका छन् ।

राजपा नेपालको कार्यालयमा आज बसेको शीर्ष नेताहरुको बैठकमा ठाकुरले यसबारेमा जानकारी गराएको स्रोतले जनाएको छ। ठाकुरले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै प्रस्ताव पठाएका छन् ।

उनले पठाएको प्रस्तावमा चुनाव अघि नै संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफ्ना कार्यकर्ताहरुलाई लगाईएका झुठा मुद्दा फिर्ता, जेलबाट रिहाई, सहिद घोषणा र घाईते तथा अपांगताहरुलाई उपचार खर्च दिनुपर्ने रहेको छ।

यता प्रधानमन्त्री देउवा र प्रचण्ड भने अध्यक्ष ठाकुरको प्रस्तावप्रति सकारात्मक देखिएका छन्। उनीहरुले यसबारेमा आन्तरिक छलफल गरेरमात्रै निर्णय लिने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot