Logo

देउवाले पार्टीको बैठकमा भने,‘चुनावअघि मन्त्रिमण्डल विस्तार हुँदैन’



काठमाडौं, ३० जेठ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १४ गते अघि मन्त्रिमण्डल विस्तार नगर्ने स्पष्ट पारेका छन् ।

मंगलबार पार्टी मुख्यालय सानेपामा पार्टीका विभिन्न संगठनका प्रमुखहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि मन्त्रिमण्डल विस्तार नहुने र पदाधिकारी पनि मनोनयन हुन नसक्ने स्पष्ट पारेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘चुनावपछि मात्रै मन्त्रिमण्डल विस्तार हुन्छ, अहिले केही पनि हुँदैन, मेरो ध्यान यतिवेला पूर्णतयः चुनावलाई कसरी सफल रुपमा सम्पन्न गर्ने भन्नेमा छ ।’ त्यस्तै देउवाले आफ्नो सचिवालयका सदस्यहरु पनि चुनावपछिमात्रै नियुक्ती गर्ने जनाएका छन् ।

तर बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो भागमा परे अनुसार आफू पक्षधर नेताहरुलाई चुनाव अघि नै मन्त्री बनाउन आग्रह गरेका थिए । नेता पौडेलेका आग्रहपनि देउवाले ठाडै अस्विकार गरेका थिए । उनले नेता पौडेललाई आवश्वस्त पार्दै भने,‘अहिले मन्त्रिमण्डल विस्तार हुँदैन, भएपनि चुनावपछिमात्रै हुन्छ, अहिले कसरी हुन्छ पार्टीलाई चुनावमा जिताउनतिर लाग्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot