Logo

प्रमुख तीन दलको बैठक निश्कर्षविहीन, ओली बाहिरिएपछि सत्तारुढ दलको बैठक सुरु



काठमाडौं, ३० जेठ । असार १४ गतेको निर्वाचनबारे राजपा नेपालको अन्तिम धारणा बुझेर उनीहरुलाई ल्याउन सकिने भए भोलि एक चरण छलफल गरेर चार सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल र राजपावीच एक किसिमको समक्षदारी गर्ने प्रमुख तीन दलवीच मोटामोटी सहमति भएको छ।

मंगलबार सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा राजपा नेपाललाई पनि चुनावमा सहभागी गराउनको लागि भोलि एक पटक अन्तिमक प्रयास गर्ने सहमति भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा चुनावमा आउँछ भने प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ । तर उनको उक्त प्रस्तावलाई एमाले अध्यक्ष ओलीले भुईँमा खस्न नपाउँदै ईन्कार गरिदिएका थिए । मधेश गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मधेशमा पनि चुनाव गराउनेगरि दलहरुवीच सहमति गर्न जरुरी रहेको बताएका थिए ।

तर उनको चुनाव सार्ने उक्त प्रस्तावलाई एमाले अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेको छन । साथै स्थानीय तहको संख्या बढाउन आयोग गठन गर्ने प्रस्तावको सत्तारुढ गठवन्धनबाटै विरोध

भएको छ ।
बैठकमा ओलीले सत्तारुढ दलका नेताहरुलाई चुनाव सार्न खोेजेको हो कि वा के गर्न खोजेको यसको प्रष्ट जवाफ आउनुपर्यो भन्दै प्रश्न गरेका थिए । तर जवाफमा सत्तारुढ दलका नेताहरुले राजपालाई जसरी पनि चुनावमा ल्याउनको लागि के के गरेर जान सकिन्छ त्यो अहिले नै गरौं भनेर प्रस्ताव राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल एमालेले असार १४ गतेको निर्वाचन अब कुनैपनि हालतमा सार्न नहुने जिकिर गरेको छ । मोर्चालाई पनि चुनावमा ल्याउनको लागि न्यूनतम माँगहरु अहिले नै पूरा गर्नुपर्ने पक्षमा प्रधानमन्त्री देखिएका छन् ।

एमाले बैठकबाट बाहिरिएपछि अहिले सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक चलिरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot