Logo

भारतको कश्मिरमा चुनाव हुन सक्छ भने मधेशमा किन नहुने ? : महासेठ



काठमाडौं, ३१ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले राजपा नेपालले घोषणा गरेको आन्दोलनको उद्देश्य नै अहिलेसम्म प्रष्ट नभएको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले प्रश्न गर्दै भने,‘राजपाले घोषणा गरेको आन्दोलनको उद्देश्य के हो रु चुनाव सार्ने हो कि वा माँग सम्बोधन भएमात्रै चुनावमा आउने भन्ने के हो रु बुझ्न सकिएको छैन्।’ उनले राजपा वा तत्कालिन मधेशी मोर्चाको भनाई र गराईमा विश्वसनीयता नै नभएको आरोप लगाए ।

उनले राजपा नेपालले संविधान संशोधन भएपछिपनि आन्दोलन गर्दैन भन्ने के ग्यारेन्टी छ त भन्दै प्रश्न तेर्साए । उनले भने,‘संविधान संशोधन भए के राजपाले साँच्चिकै भाग लिन्छ त रु के हो उहाँहरुको स्पष्ट धारणा, त्यो त आउनुपर्यो निरु’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले राजपालाईपनि चुनावमा सहभागी गराउनको लागि कोशिस जारी राख्नुपर्ने सुझाव दिए । उनले भने,‘निर्वाचनमा सहभागी भईयो भन्दैमा माँग छोडेको भन्ने कुरा हुँदैन्, बरु अहिले नै लिखित प्रतिबद्धता गरौं, के के भयो भने निर्वाचनमा जाने हो रु त्यो कमिटमेन्ट गरौं न।’ महासेठले राजपालाई चुनावको लागि समय नपुगेको हो भने त्यो पनि भन्नुपर्ने वा आत्मविश्वास छैन कि भन्दै यसबारेमा स्पष्ट हुन आग्रह गरे ।

उनले मधेशी जनताले चुनाव चाहेको समेत जिकिर गरे । उनले भने,‘म भर्खरै तराईबाटै आएको हुँ, गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ, जताततै चुनावी माहोल छ, जनतामा ठूलो उत्साह छ, आफ्ना जनप्रतिनिधि चयन गर्न पाईने भयो भनेर उहाँहरु मतदान गर्न व्यग्र प्रतिक्षामा हुनुहुन्छ।’

नेता महासेठले राजपाले चुनावको विरोधमा आन्दोलन घोषणा गर्नुको दुई वटा कारण रहेको समेत खुलासा गरे । उनका अनुसार पहिलो कारण मधेशी जनताले राजपालाई विश्वास गर्दैनन कि भन्ने डर छ । त्यस्तै दोस्रो कारणमा जनताका सामू विगतमा गरेका वाचा, प्रतिबद्धताहरु अहिलेसम्म पूरा गर्न नसकेको आत्मानुभुतिको डर छ ।

उनले राजपा नेपालका संयोजक महन्थ ठाकुरले टेलिभिजनमा थरीथरीका खतरानक अन्र्तवार्ता दिएको समेत आरोप लगाए । उनले भने,‘राजपाका संयोजक नै खतरानक कुराहरु गर्दै हिँडिरहेका छन्, के गर्न चाहेको हो रु’

उनले ठाकुरले अन्र्तवार्तामा भनेझैं यदि संविधान संशोधन गर्न खोजेको हो भने आफ्नो पार्टीले त्यसलाई सिधै अस्विकार गर्ने समेत चेतावनी दिए । उनले भने,‘हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुरा एमालेले कुनै हालतमा मान्दैन्।’ महासेठले कतै संविधान संशोधनको नाममा देश विखण्डन गर्ने कुरा त पछि चल्दैन भनेर चिन्ता समेत व्यक्त गरे ।

यद्धपी उनले आफ्नो पार्टी संविधान संशोधनप्रति सकारात्मक रहेको जिकिर गरे। उनले भने,‘हामी संशोधनप्रति सकारात्मक छौं, छलफल गर्न तयार छौं, तर राष्ट्रलाई बलियो बनाउनेगरि गर्नुपर्छ, हचुवाको भरमा गर्नुहुँदैन्।’

नेता महासेठले राजपाको कुनै जमानामा आफ्नो पार्टी प्रधान शत्रु भएपनि अहिले चुनावमा सहभागी भएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल भएको उल्लेख गर्दै भने,‘एउटै थाल तानातान भैरहेको छ।’ उनले साँच्चिकै अर्थमा राष्ट्रवादीहरुवीच सहकार्य हुनुपर्ने समेत बताए । उनले राजपा नेपालभित्र पनि राष्ट्रवादी नेताहरु रहेको बताउँदै सम्बोधन गर्न सकिनेजति माँग पूरा गराउन आफूहरु तयार रहेको स्पष्ट पारे ।

उनले राजपालाई जसरी हुन्छ चुनावमा ल्याउनुपर्ने र यसको लागि सरकारले अथक प्रयास गर्नुपर्ने सुझाए । तर देश टुक्र्याउनेगरि र मुलुकमा आन्तरिक गृहयुद्ध निम्त्याउनेगरि गर्न नहुने बताए । राजपा नेपालविना पनि तराइ मधेशमा चुनाव गर्नेभन्दापनि सकेसम्म ल्याउनको लागि प्रयत्न गर्नुपर्ने उनको भनाई थियो ।

यदि राजपा नेपाल जे गर्दापनि चुनावमा आएन भनेपनि चुनाव नरोकिने जिकिर गरे । उनले भने,‘भारतको कश्मिरमा चुनावहुन सक्छ भने मधेशमा किन नहुने रु त्यसैले उहाँहरु नआएपनि चुनाव हुन्छ, रोकिँदैन्।’ उनले निःशन्देह चुनावमा भाग लिनको लागि राजपा नेपाललाई विशेष आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस्