Logo

बैठकअघि ओलीले महन्थलाई भने,‘चुनावपछि हामी संविधान संशोधन गर्न तयार छौं’



काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई टेलिफोन गरेर चुनावपछि आफ्नो दल संविधान संशोधन गर्न आफूहरु तयार रहेको विश्वास दिलाएका छन् ।

बिहीबार प्रमुख पाँच दलको बैठक बस्नुअघि एमाले अध्यक्ष ओलीले राजपा अध्यक्ष ठाकुरलाई फोनमार्फत आफ्नो दल संविधान संशोधनको लागि लचिलो रहेको विश्वास दिलाएका थिए । त्यस्तै, उनले अहिले चुनावमा आउनको लागि पनि राजपालाई विशेष आग्रह गरेको ओली निटक विशेष स्रोतले जनाएको छ ।

यता सत्तारुढ दल र राजपा नेपालका शीर्ष नेताहरुको बैठक अहिले सिंहदरबारमा सुरु भएको छ । यो बैठक समापन भएलगत्तै एमालेसहितको प्रमुख पाँच दलको बैठक पूनः बस्ने भएको छ । राजपालाई असार १४ गतेको निर्वाचनमा जसरी पनि सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष आग्रह गर्दै आएका छन् । राजपा चुनावमा आउने लिखित प्रतिबद्धता जनाए एक दुई दिन चुनाव सार्न सकिने बताउँदै आएका थिए । तर, आजमात्रै निर्वाचन आयोगले अब कुनैपनि हालतमा असार १४गतेको निर्वाचन सार्न नसकिने स्पष्ट पारिसकेको छ । निर्वाचनको मिति सारिए ईलेक्ट्रोल डिसास्ट्रस आउने निर्वाचन आयोगको चेतावनी रहेकोछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot