काठमाडौं, १ असार । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेका छन्।
बैठकमा सहभागी माओवादी केन्द्रका नेता एवम् गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने शर्माले् जानकारी दिए।
तस्विर : मुकुन्द कालिकोटे