Logo

निर्वाचन सार्ने विषयमा ‘नो- कमेन्ट’ : प्रमुख निर्वाचन आयुक्त यादव



काठमाडौँ, १ असार । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी तथा आन्दोलनरत राजपाका नेताहरूले २ नम्बर प्रदेशको चुनाव सार्ने गरेको निर्णयमा निर्वाचन आयोगका प्रमुख अयोधी प्रसाद यादवले कुनै प्रतिक्रिया दिएनन।

सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचन सार्ने कुरामा आयोगले सरकारलाई कुनै सहमति नदिएको र यसको पक्षमा पनि आफूहरु नरहेको बताए‍का हुन्। ‘निर्वाचन सार्ने विषयमा हामीसँग सहमति भएको छैन। हामी सार्ने पक्षमा छैनौँं असोज २ गते गर्ने विषयमा हाम्रो नो कमेन्ट,’ उनले भने।

सरकार र राजपालाई बीच चुनाव २ नम्बर प्रदेशमा असोज २ गते मात्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको थियो।



प्रतिक्रिया दिनुहोस्