Logo

निर्वाचन स्थगित् भएको २ नम्बर प्रदेशका कर्मचारी फिर्ता बोलाउने आयोगको निर्णय



काठमाडौं, २ असार । निर्वाचन आयोगले प्रदेश नम्बर दुईका सबै जिल्लामा खटिएका आयोगका कर्मचारीहरुलाई फिर्ता बोलाएको छ ।

निर्वाचन आयोगले दुई नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहमा खटिएका निर्वाचन अधिकृत, मतदाता शिक्षा कार्यकर्ता लगायत सबै अधिकारीहरुलाई फिर्ता बोलाएको छ ।
यस्तै, उक्त प्रदेशमा सञ्चालन भएका निर्वाचन अधिकृतको कार्यालय पनि तत्काललाई बन्द गराइएको छ ।

आयोगले असोज २ गते अघि नै अर्को निर्णय गरेर मात्र निर्वाचन कार्यालय खोल्ने र कर्मचारी खटाउने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot