Logo

ज्योतिष न्यौपानेको खुलासा :‘देउवालाई बालुवाटारले संकट निम्त्याईरहेको छ’



देउवा सुरुमा संकटमा,त्यसपछि यसो हुनसक्छ….
काठमाडौं, २ असार । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचचित भएको आज ११ दिन भएको छ । तर प्रधानमन्त्री देउवा अहिलेसम्म पनि प्रधानमन्त्री निवास बालुवाटार सरेका छैनन् । देउवा बालुवाटार नसर्नुको प्रमुख कारण उनको अहिले त्यति राम्रो शुभ दिन नरहेको ज्योतिषले खुलासा गरेका छन् ।

देउवालाई तत्काल संकट आउने समेत देखिएको ज्योतिष अंगीरश न्यौपानेले दाबी गरेका छन् । देउवाले अहिलेको यो समयमा विशेष मेहनत गर्नुपर्ने ग्रह रहेको न्यौपानेको दाबी छ । उनले भने,‘उहाँको कुण्डलीअनुसार अहिले राहु र केतु प्रतिकुल छन्।’ यद्धपी उनले देउवालाई वृश्चिकले बल दिएको सुनाए । यो बीचको समयमा कुनैपनि काम सुरु गरे त्यसले फल दिने र त्यति राम्रो नहुने न्यौपानेले देउवालाई सुझाव दिएका छन् ।

ज्योतिष न्यौपानेले पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा भने,‘अहिले चुनावको मिति सार्नुहुँदैन्थ्यो, चुनावको मिति सारेकोले संकट आईलाग्यो, राहु र केतु प्रतिकुल भएकै बेला चुनाव सार्ने निर्णय गरेकोले अहिले संकट निम्तिएको हो।’

उनले चुनाव लामो समयको लागि सार्नुपनि त्यति फलदायी नभएको जिकिर गरे । न्यौपानेले भने,‘चुनाव सार्नु राम्रो भएन, सारेको भएपनि एक दुई हप्तोकालागि सार्नुपर्दथ्यो, यो लामो समय भयो, त्यसैले यो चुनाव नसकिउञ्जेलम्मपनि राम्रो छैन्।’ यद्धपी उनले असोज २ गतेपनि भने देउवालाई कम भन्दा कम संकट आउने दाबी गरे । देउवाको बुधपनि त्यति अनुकुल नभएको उनले सुनाए । यद्धपी उनले देउवालाई यो बीचमा सानोतिनो संकट आएर पार हुने विश्वास व्यक्त गरे । देउवाको मकर राशि र सिंह लग्न भएकोले प्रतिकुल समयपनि पार गर्न सक्ने उनको भनाई छ ।
त्यस्तै देउवाको नजिकका सहयोगी (पार्टीभित्रका र बाहिरका) राहु र केतु भएकोले उनलाई बल पुग्ने विश्वास न्यौपानेले दिलाए ।

इता न्यौपानेले देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न यही असार ४ वा ५ गते विहान साईत रहेको सुझाए । उनले भने,‘ उहाँलाई यही असार ४ गते दिन बिहानको सबैभन्दा शुभ साईत रहेको छ, त्यस्तै असार ५ गते पनि दिउँसो र बेलुका शुभ साइत देखिन्छ।’

न्यौपानले धमलासँगको कुराकानीमा संविधान संशोधनदेखि बाँकी तीन तहकै निर्वाचन समयमै प्रधानमन्त्री देउवाको नेतृत्वमा सम्पन्न हुनेपनि दाबी गरे । उनले भने,‘उहाँको कार्यकालमा संविधान संशोधन हुन्छ, राम्रो योग छ, त्यस्तै उहाँले निर्धारित मितिमै सबै तहको निर्वाचन सम्पन्न गर्न सक्नुहुन्छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा उत्तरपूर्व मोहडा राखेर बस्दा देउवालाई धेरै राम्रो हुने न्यौपानेको सुझाव छ । यता प्रधानमन्त्री तथा मन्त्रिपरषदको कार्यालय रहेको सिंहदरबारमा भने पूर्व दिशातर्फ फर्केर बस्दा प्रधानमन्त्री देउवालाई फाईदा हुन्छ।

बालुवाटारमा भने रुद्राक्षको रुख रोप्दा फाईदा हुने समेत ज्योतिष न्यौपानेले सुझाएका छन् । उनले भने,‘बालुवाटारमा छिर्दा अलिक होचो छ, त्यसलाई अलिकति उकास्नुपर्छ, त्यो भयो भने राम्रो हुन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot