असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्याउने गरी लाठी जुलुस र बन्दको आयोजना
काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ ।
शुक्रबार पूरानो तमलोपाको कार्यालय विजुलीबजारमा बसेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।
नेता राजकिशोर यादवले , ‘सरकारको यस्तो निर्णय हामीलाई मान्य छैन, हामी हाम्रा मागहरु पूरा नभएसम्म चुनावमा भाग लिँदैनौं र आन्दोलन जारी राख्छौं ।’ यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम फिर्ता नहुने यादवले बताए । साथै विगतमा मधेसकेन्दि्रत दलहरुले उठाउँदै आएका मागहरुमा राजपाको अडान यथावत रहेको उनले बताए ।
राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्याउने गरी लाठी जुलुस र बन्दको आयोजना गरेकोमा उक्त कार्यक्रम ४ गते गर्ने गरी सारेको छ ।