Logo

प्रदेश नं २ को चुनाव सार्नु अनुपयुक्त : नेता पौडेल



तनहुँ, ३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सार्नु अनुपयुक्त भएको बताउनुभएको छ ।

नेता पौडेल तनहुँको क्षेत्र नं २ द्वारा आज दमौलीमा आयोजित निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो ।

सरकारले प्रदेश नं २ को निर्वाचन असोज २ गते सार्न गरेको निर्णयप्रति इङ्गित गर्दै नेता पौडेलले भन्नुभयो – “राजपाले धोका दिएको भए यसबारेमा समीक्षा हुनुपथ्र्यो ।”

तराईका जनतालाई स्थानीय तहको निर्वाचनका बारेमा बुझाउन जरुरी भएको बताउँदै नेता पौडेलले भन्नुभयो – “त्यस क्षेत्रका नेताहरुले स्थानीय तहको निर्वाचनबाट हुने फाइदाका बारेमा राम्रोसँग बुझाउन आवश्यक छ ।”

पहिलो चरणको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले गुरुयोजना बनाई काम गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

नेता पौडेलले भन्नुभयो – “पहिलो चरणको निर्वाचनमा काँग्रेस दोस्रो स्थानमा रहन पुगेकाले अब हुने दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्छ । यसका लागि तल्लो तहबाटै काँग्रेसलाई दबाब दिनुपर्छ, जय जयकार गरेर मात्रै हुँदैन ।” रासस



प्रतिक्रिया दिनुहोस्