Logo

एभ्री टाईम्स ग्रुप प्रालीद्धारा पत्रकार धमला अभिनन्दित



काठमाडौं, ४ असार । एभ्री टाईम्स ग्रुप प्रालिले आफ्नो सातौं बार्षिकोत्सव भव्यरुपमा मनाएको छ ।

बार्षिकोत्सवका अबसरमा काठमाडौमा आयोजना गरिएको कार्यक्रममा एभ्री टाईम्स ग्रुपका उत्कृष्ट तथा लामो समय काम गरेका कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी काभ्रे पाँचखाल नगरपालीका महेश खरेलले नेपालमा रहेको बेरोजगारी समस्या समाधानका लागी उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउदै पाँचखालमा प्रशस्त उत्पादन हुने दुध, तरकारी, आलुसंग सम्बन्धी उद्योग खोले आफुले सहयोग गर्ने धारणा राखेका थिए ।

त्यस्तै बिशिष्ट अतिथि रिपोटर्स क्लबका नेपालका सभापति ऋषि धमलाले एभ्री टाईम्स ग्रुप प्रा.लि.ले समाजमा निकै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

धमलाले नेपालमा बेरोजगारीको समस्या रहेको अबस्थामा आफ्नो व्यबसाय विस्तार गर्दे रोजगारीको सिर्जना गर्न सकेकोमा एभ्री टाईम्स ग्रुप प्रालिका अध्यक्ष महेशराज खकुरेलको उच्च प्रशंसा गरेका थिए।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलालाई समेत अभिनन्दन गरिएको थियो । पत्रकार धमलाले पत्रकारिताको माध्यमबाट व्यापार तथा व्यवसायको क्षेत्रको बारेमा आवाज बुलन्द बारेको र समग्र राष्ट्रको विकासको बारेमा पत्रपत्रिका, रेडियो, अनलाईन र टेलिभिजनमा बहस चलाएको भन्दै उनलाई अभिनन्दन गरिएको थियो ।

एभ्री टाईम्स ग्रुप प्रालिका प्रबन्ध निर्देशक खकुरेलले आफुले सानो लगानीमा व्यबसाय सुरु गरेको र अहिले आफ्नो मेहनत र लगानशितलाका कारण यो अबस्थामा आईपुगेको बताए । एभ्री टाईम्स ग्रुप प्रालिले खाद्य सामाग्री, सहकारी लगायतका क्षेत्रमा आफ्नो पकड जमाएको छ ।

खकुरेलका अनुसार उनलाई यो क्षेत्रमा हरेक पाईलामा आफना मातापिता, आफ्नी जीवनसाथी र साथीभाईको ठूलो  सहयोग रहेको छ ।



प्रतिक्रिया दिनुहोस्