Logo

राजपा नेपालकी कोषाध्यक्ष यादव एमालेमा प्रवेश



काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ नेकपा एमालेमा प्रवेश गरेका छन्।

आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतले यादव र महासेठलाई अविर तथा फुलमाला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे

विभिन्न मधेशवादी दल एक भएर बनेको राजपा नेपाल गठन भएपछि मधेशको अधिकार र पहिचानको मुद्दा बिर्सेर अन्य खेलमा लागेकाले आफू एमालेमा प्रवेश गरेको नेतृ यादवले स्पष्ट पारिन् । यादव राजपा नेपालकी निर्वाचित कोषाध्यक्ष थिईन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्