Logo

दाङ्मा उल्लासमय उम्मेद्धवारी दर्ता (फोटोफिचर)



शरद रेग्मी : दाङ ४ असार । दाङको तुल्सीपुर उपमाहानगरपालीमा प्रमुख दलहरु नेपाली काग्रेस , नेकपा एमाले , माओबादि केन्द्र लगायतका दलहरुले मनोनयन पत्र दर्ता गरेका छन ।

दलहरुले आज झाकि जुलुस सहित वडा वडा बाट कार्यकर्तालाई ल्याएर शक्ति प्रर्दशन समेत गरेका छन । जस अनुसार तुलसीपुर उपमहानगर पालिकामा नेपाली काग्रेसबाट मेयरमा गेहेन्द्र गिरी, उपमेयरमा देवका नेपाली रेग्मीले उम्मेदवारि दर्ता गराउनु भएको छ ।

त्यसैगरी नेकपा एमालेबाट मेयरमा घनश्याम पाण्डे , र उपमेयरमा माया आचार्य , माओबादि केन्द्रबाट मेयरमा शेषुराम भण्डारि र उपमेयरमा सिता वलि वृक्षाले आफनो उम्मेदवारि दर्ता गराउनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, नयाँ शक्ति बाट जिवन भण्डारि मेयरमा र सिता रिजालले उपमेयरमा उम्मेदवारि दिनु भएको छ । त्यसैगरि राप्रपा बाट लाल बहादुर केसीले मेयरमा र लक्ष्मी सिह राठौरले उपमेयरमा उम्मेदवारि दिनु भएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा बाट शुक्रराज भण्डारिले मेयरमा र कमला जिसीले उपमेयरमा उम्मेदवारि दिनुभएको छ ।

उता घोराही उपमहानगर पालीकामा नेपाली काग्रेसको तर्फबाट भुम बहादुर डागि , उपमेयरमा पुष्पा श्रेष्ठ , त्यस्तै गरि नेकपा एमालेबाट नरुलाल चौधरि र सिता न्यौपानेले उम्मेदवारि दर्ता गराउनु भएको छ ।

त्यसैगरि माआबादि केन्द्रबाट मेयरमा जिवन गौतम, उपमेयरमा सिता चौधरि, राप्रपा बाट मेयरमा भोलानाथ योगि , नेकपा मालेबाट नेत्रप्रकाश पाण्डे मेयरमा र लिला विश्वकर्माले उपमेयरमा उम्मेदवारि दिनुभएको छ ।

त्यस्तैगरि नयाँ शक्तिबाट मेयरमा जगत पुन र उपमेयरमा निर्मला बिकले उम्मेदवारि दिनुभएको छ । निर्वाचन आयोगले असार १४ को स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि आज उम्मेदवारी दर्ताको समय तय गरेको थीयो । प्रदेश न १, ५ र ७ का सवै स्थानीय तहमा असार १४ गते निर्वाचनको समय तोकिएको छ ।

दाङ जिल्लामा दुई उपहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका गरेर १० वटा स्थानीय तह छन् । जिल्लाका १० वटा स्थानीय तहमा गरेर १ सय वडाहरु छन् । १० वटा स्थानीय तहवाट ५ सय २० जना प्रतिनिधि चयन हुँदैछन् ।
दोस्रो चरणको नीर्वाचन हुने दाङसहीत ३ वटै प्रदेशमा आज उमेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन ।

भोलि मनोनयनपत्र जाँच, उम्मेदवारको नामावली प्रकाशन र नाम फिर्ता लिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै (पर्सि) उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot