Logo

रुकुममा माओवादी केन्द्रका पाँच वडा सदस्य निर्विरोध



रुकुम, ५ असार । भूमे गाउँपालिकामा पाँचजना वडा सदस्य निर्विरोध भएका छन् । भुमे गाउँपालिका– ७ का ४ र सोही गाउँपालिका– ६ का एकजना वडा सदस्य पदमा निर्विरोध भएका हुन् ।

वडा नं ७ मा महिला सदस्य, दलित महिला सदस्य र अन्य दुईजना सदस्य तथा वडा नं ६ मा दलित महिला सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट मात्रै उम्मेदवारी परेको सो गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ७ को महिला सदस्यमा मनकुमारी बुढा, दलित महिला सदस्यमा रामकुमारी सुनार तथा अन्य दुई सदस्यमा धनीमान बुढा र रुपधन कामी निर्विरोध भएका हुन् । वडा नं ६ को दलित महिला सदस्यमा मीना सुनार निर्विरोध भएका छन् ।

दाबी विरोध र नाम फिर्ता लिनेलगायत प्रक्रियापछि मात्रै निर्विरोध भएकाको घोषणा गरिने निर्वाचन अधिकृत इटेनीले बताउनुभयो । भूमे गाउँपालिकामा ४७ पदका लागि माओवादी केन्द्रका ४७, काँग्रेसका ३६, एमालेका २८ तथा राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक/एक जनाले मनोनयन दर्ता गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्