Logo

काँग्रेस नेतृत्वमा देश विकास सम्भव : युवा नेता थापा



इलाम, ५ असार । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले काँग्रेसको नेतृत्वमा मात्रै देशको विकास सम्भव रहेको बताउनुभएको छ ।

बरबोटेमा काँग्रेसद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै थापाले इतिहासमा भएका सबै उपलब्धि काँग्रेस नेतृत्वमै भएकाले देश विकास पनि उसकै नेतृत्वमा हुने बताउनुभयो ।

“राष्ट्र निर्माणका लागि राजनीतिक सङ्क्रमण, राष्ट्रियता र समृद्धि महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै उहाँले मुलुकलाई राजनीतिक सङ्कटबाट जोगाउनकै लागि युद्धमा रहेको माओवादीलाई सदनसम्म पु¥याइएको हो”– उहाँले भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्