तेजेन्द्र ‘समशेर’पाण्डे : अर्घाखाँची, ७ असार । अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद वास्तोलाले निर्वाचनको यो महत्वपुर्ण समयमा आफु २४ सै घण्टा ड्युटीमा रहेको बताएका छन ।
रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको निर्वाचन विशेष साक्षात्कार कार्यक्रममा बोल्दै वास्तोलाले भने “देश अहिले पुरै निर्वाचनमय भएको छ, अर्घाखाँची पनि पुरै चुनाव केन्द्रीत छ यो समयमा हामी रात दिन नभनी काम गरीरहेका छौ र गर्छाै ”।
उनले थपे । “हाम्रो मुख्य उदेश्य भनेको मतदातालाई ढुक्क सँग मतदान गर्ने वातावरण तय गर्ने र शान्ती सुरक्षामा उचीत प्रबन्ध मिलाउने हो,त्यसका लागी पुरै टिम हरबखत खटीरहेका छांै ”।
आचारसंहिता पालनाको स्थीति के छ भन्ने पत्रकारको प्रश्नमा उनले भने “ आचारसंहिताको स्थीति हालसम्म राम्रो छ ,केहि सामान्य प्रकृतीका उजुरीहरु लिखीत र मौखीक रुपमा आएका छन् र हाम्रो निर्देशन पछी ती कार्यहरु रोकीएका छन् ।” “ आचारसंहिता पालना गर्ने सम्बन्धमा राजनितीक दल,सुरक्षा निकाए,सञ्चारमाध्यम तथा स्थानीयको राम्रो सहयोग प्राप्त भईरहेको छ यसमा हामी खुशी छौं ” । वास्तोलाले जुनसुकै बेला पनी आफुहरु निर्वाचनको कार्यको लागी लागीरहेको समेत दोहोर्याए ।
सिडीयोको ग्यारेण्टी “बर्षाको समय छ, भोट खसाल्ने बाक्सा समेत प्लास्टीकले सुरक्षीत हुनेछ ,अन्य सुरक्षा स्थीतिमा त शंकै छैन ”
साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले निर्वाचन सुरक्षाको विषयमा कुनै पनी शंका नगर्न आग्रह गरेका छन् । निर्वाचनका लागी नेपाली सेना,शसस्त्र प्रहरी बल,नेपाल प्रहरी,अनुसन्धान प्रहरी र म्यादी प्रहरी पुर्ण तयारीका साथ सञ्चालीत भएको उनले बताए । सुरक्षा स्थीतिलाई मजबुत बनाउनका निम्ती अनुगमन समेत तीब्र रुपमा अगाडी बढेको पनी घिमीरेले उल्लेख गरे ।
बर्षायामको समय भएको कारण मत खसाल्ने बाक्सालाई प्लास्टीकले छोपेर सुरक्षीत गर्ने समेत तयारी भएको प्रमुख जिल्ला अधिकारी पोखे्रलले जानकारी गराय ।
राजनितीक दलको प्रतीबद्धता
“हार्नु जित्नु सँग मतलब छैन तर आचारसंहिता पालनामा कमि हुदैन ”
त्यसैगरी साक्षात्कार कार्यक्रममा सहभागी राजनितीक दलहरुले चुनावी आचारसंहितामा कुनै कमी नहुने प्रतीबद्धता ब्यक्त गरेका छन ् । दलहरुले चुनाब हार्नु,जित्ने भन्दा पनी निर्वाचन आयोगको आचारसंहिता भित्र रहनु महत्वपुर्ण रहेको बताएका छन् ।
साक्षात्कारमा सहभागी कांग्रेस जिल्ला सभापती विष्णुप्रसाद खनालले भने “ नेपाली कांग्रेसबाट निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य हुने छैन,कहि कतै भएमा पार्टीले तत्काल कारबाही गर्नेछ ।
नियम पालना गर्नु कांग्रेसको पहिलो कार्य हो । ” ने.क.पा. एमालेका जिल्ला सचिव रामबहादुर चौहानले पनी चुनाव हार्नु जित्नु भन्दा पनी नियम पालना गर्नु एमालेको लागी महत्वपुर्ण भएको बताए ।
त्यसैगरी माओवादी केन्दका जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्काले पनी राजनितीक दलबाट निर्वाचन नियम विपरीत कार्य नहुने र आफ्नो पार्टी सदैव आचारसंहीताको अनुशासनमा केन्द्रीत रहने बताए । त्यसैगरी साक्षात्कारमा बोल्दै नयाँ शक्तीका जिल्ला संयोजक गोकर्ण थापाले आचारसंहिता तोडेर चुनाब जित्नुको कुनै अर्थ नहुने उल्लेख गरे ।
उक्त कार्यक्रममै सहभागी राप्रपा जिल्ला अध्यक्ष दिपक थापाले पनी राप्रपा सदैव आचारसंहिता बमोजीम अगाडी बढ्ने उल्लेख गरे ।
पत्रकारले पालना गर्ने आचारसंहिताको बारेमा साक्षात्कार कार्यक्रममा बोल्दै पत्रकार महासंघका जिल्ला सभापती हिमबहादुर जिसीले भने “स्थानीय चुनाबको यो समयमा पत्रकारहरुको भुमीका महत्वपुर्ण हुन्छ । यो सँगै पत्रकारले आफ्नो मर्यादा र अनुशासन कदापी बिर्सन हुदैन । ”