Logo

इनरुवा, रामधुनी र दुहवीलाई नमूना आर्थिक कारोबार स्थल बनाउने प्रतिबद्दता



इनरुवा, ८ असार । सुनसरीमा १२ वटा स्थानीय निकाय छन् । जसमा दुईवटा उपमहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिका रहेका छन् । यीमध्ये जिल्लाको पूरानो नगरपालिका इनरुवा पर्छ । अरु तीनवटा नगरपालिका भर्खरै मात्र घोषित भएका हुन् ।
इनरुवा पुरानो नगरपालिका भएपनि विकासको हिसाबमा पिछडिएको र भर्खरै घोषित नगरपालिकासँग मिल्दोजुल्दो नै  छ। चारवटा नगरपालिकामध्ये इनरुवा, रामधुनी र दुहवीका नेपाली काँग्रेसका उम्मेदवारले आफनो क्षेत्रलाई कृषि माध्यामद्दारा विकास गरि नमूना आर्थिक कारोबार स्थल बनाउने सामूहिक प्रतिबद्दता व्यक्त गरेका छन् । नेपाली काँग्रेसको प्रचारप्रसार समितिले बुधबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा इनरुवाका मेयरका उम्मेदार राजन मेहता, रामधुनीका जयप्रकाश चौधरी र दुहवीमा गौरीशंकर रौनियारले कृषिको विकास गरी नमूना नगरपालिका बनाउने प्रतिबद्दता गरेका हुन् ।
राजन मेहता, मेयरका उम्मेदवार इनरुवा नगरपालिका, नेपाली काँग्रेस
व्यवस्थापन विषयमा स्नातक ३८ वर्षीय राजन मेहतालाई नचिन्ने इनरुवाबासी सायदै होलान् । कसैले उनकोे क्षमता चिनेका होलान्, कसैले राजनीतिक आग्रह वा अन्य कारणले आलोचना गर्नका लागि उनको नाम लिने गरेका होलान् । सीमान्तकृत बस्ती तथा जनजागरणका क्षेत्रमा काम गर्ने एक कुसल सामाजिक अभियन्ताका रूपमा पनि उनलाई धेरैले चिन्छन् ।
२०४७ सालमा नेपाल विद्यार्थी सङ्घ, भगवती मावि इकाई अध्यक्षका रूपमा आफ्नो राजनीतिक यात्रा थालेका मेहताले नेवि सङ्घको जिल्ला सदस्य, सचिव, उप–सभापति, केन्द्रीय सदस्य हुँदै पर्याप्त राजनीतिक अनुभव आर्जन गरेका छन् ।
२०६३ सालदेखि लगातार नेपाली काङ्ग्रेस इनरुवा नगर समितिको नेतृत्व गर्ने अवसर पाएका मेहता यतिबेला इनरुवा नगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार भएका छन् ।
चुनाबी एजेन्डा
जनताको मौलिक अधिकारहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, सूचना, न्याय र रोजगारीको प्रत्याभूति तथा जवाफदेही नेतृत्व नगरमा स्थापित गर्ने चुनाबी एजेन्डा रहेको छ । मेयरका उम्मेदवार राजन मेहताले भने, ‘समृद्ध इनरुवा बसोबासयोग्य हाम्रो नगर । सामाजिक सद्भावयुक्त आधुनिक कृषि सहर,’ नारालाई व्यवहारमा रूपान्तर गर्न र विकास निर्माणका काममा कुनै बाधा–अड्चन आए वा हस्तक्षेप भए त्यसको सहज समाधान गर्न एजेन्डा छ । साथै, भ्रष्टाचाररहित समुन्नत नमुना नगर बनाउन , इनरुवालाई उप–महानगरपालिका बनाउन आवश्यक पूर्वाधारहरू निर्माण गर्न, सडक, पुल, नाला, ढल, विद्यालय, सामुदायिक भवन आदि भौतिक पूर्वाधार निर्माण, दैवी/प्राकृतिक प्रकोप नियन्त्रण, सिँचाइ, खानेपानी जस्ता विषयमा वडा तहबाट सिफारिस भए अनुसार काम गर्ने पनि चुनाबी एजेन्डा रहेको छ।
युवालाई काम, अग्रजलाई सम्मान, बालबालिकालाई माया दिने परम्परा संस्थागत गर्ने, कुनै पनि ढिलासुस्ती र लापरबाहीविरुद्ध खबरदारी गर्न र विभिन्न कारणले नगर छोडेर अन्यत्र गएको जनशक्ति नगरमै फर्काउने पनि एजेन्डा रहेको छ। मेयरका उम्मेदवार मेहताका अनुसार, कर्मचारी, प्राविधिक, शिक्षक, सेना, प्रहरी, न्याय आदि क्षेत्रबाट सेवानिवृत्त नगरबासीको क्षमता कम्तीम थप दस वर्ष नगरको हितमा उपयोग गर्ने, नगरमा महिला, दलित, मधेसी, आदिवासी, जनजाति, पिछडावर्ग, मुस्लिम, अल्पसङ्ख्यक, सीमान्तकृत, उत्पीडित, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, पछाडि पारिएको क्षेत्र, गरिब, किसान, मजदुर, युवाको अधिकार सुनिश्चित गरिनेछ । साथै, मरिक, सदा, राम, खत्बे लगायत समुदायको अग्राधिकार स्थापित गर्ने, प्रत्येक वडामा नगर सूचना केन्द्र, जेष्ठ नागरिक भेटघाट केन्द्र,  कृषि स्रोतकेन्द्र, एटीएमसहितको र्बैङ्क, कम्तीमा १५ प्रहरीसहित वडा सुरक्षा कार्यालय, सुलभ आधुनिक सार्वजनिक शौचालय स्थापना गर्ने पनि चुनाबी एजेन्डा रहेको उनले सुनाए । स्वस्थ्य स्वयम्सेविका, सामाजिक परिचालक तथा सुढिनीलाई ‘कर्मचारी’मा रूपान्तर गर्ने, विद्यालयका हरेक कक्षामा बढीमा ४० जना  विद्यार्थी राखेर अध्ययन अध्यापन गर्ने–गराउने विशेष व्यवस्था मिलाउन, नगरका प्रतिभा तथा गौरवशाली नागरिकको सम्मान हुने वातावरण बनाउन, दैवी÷प्राकृतिक प्रकोप,  उद्धारका नगर सरसफाइ, दैवी–प्रकोप उद्धार, राहत सङ्कलन, रक्तदान, वृक्षरोपण, विशेष साक्षरता अभियान, नागरिक दायित्व जागरण अभियान, पुरातात्विक तथा सांस्कृतिक स्थल सरसफाइको काममा युवाहरू परिचालन गर्ने एजेन्डा रहेको मेहताले सुनाए ।
 जयप्रकाश चौधरी, रामधुनी मेयरका उम्मेदवार
निष्ठावान राजनीतिज्ञको रुपमा छवि बनाएका नेपाली काँग्रेस सुनसरीकै पूराना नेतामा पर्ने जयप्रकाश चौधरी रामधुनी नगरपालिकाको मेयरका उम्मेदवार हुन् । उनी पञ्चायतकालमा डुम्राहा गाबिसको उपाध्यक्ष भएपनि त्यसयता कुनै लाभको पदमा छैनन् । निरन्तर जनताको सुखदुःखमा आवाज उठाउँदै आएका छन् । उनलाई गाउँलेसँगै अन्य राजनीतिक दलले समेत इमानदार, निस्ठावान र निष्कलंक नेताको रुपमा चिनिन्छ ।
जयप्रकाश आफू स्यम इतिहास भइसके ।  उनले रामधुनी क्षेत्रमा देखेका–भोगेका अनुभव गरेका, समस्या, ती समस्याको समाधानका उपाय, अब गर्नुपर्ने विकासबारे सम्पूर्ण फेहरिस्त सुनाउँदै मतदातासमक्ष मत माग्न खटिएका छन् ।
चुनाबी एजेन्डा 
रामधुनी नगरपालिकाका मेयरका उम्मेदवार जयप्रकाश चौधरीले रामधुनीलाई प्रदेश नं. कै धार्मिक क्षेत्र बनाउने योजना रहेको सुनाए । घनाजंगलको माझमा अवस्थित रामधुनी मन्दिर र मन्दिर परिसरमा रहेका सहायक मन्दिर, कलसकुण्ड ( पोखरी), धर्मशाला लगायतका भौतिक संरचनाहरुको मर्मत  तथा पुनःनिर्माण अहिले हुन सकेको छैन् । रामधुनी क्षेत्रमा व्यवस्थित वनभोज स्थल पनि मन्दिर क्षेत्रमै निर्माण गरिनेछ ।
झुम्कालाई किसानले उत्पादन गरेको उत्पादित सामग्री विक्री केन्द्र बनाउने, एक हजार जना अटाउन सक्ने क्षमताको सिटी हल निर्माण, व्यवस्थित पुस्तकालय, रामधुनी क्षेत्रमा पर्ने वस्ती र वडालाई जोड्ने बृहत्तर रामधुनी चक्रपथ निर्माण गर्ने योजना रहेको मेयरका उम्मेदवार चौधरीले पत्रकार सम्मेलनमा सुनाए । उनका अनुसार, इलाका प्रहरी कार्यालयलाई नमूना प्रहरी कार्यालय बनाउने, हरियाली र सफा रामधुनी बनाउने पनि चुनाबी एजेन्डा रहेको छ। यस्तै, पानीटङ्की विस्तार, रामधुनी क्षेत्रमा ५० शै¥याको हस्पिटल निर्माण, महिला, जेष्ठ नागरिक र दलित समूदायको हितका निम्ति विशेष कार्यक्रम ल्याइने पनि चुनाबी एजेन्डा छ । जेष्ठ नागरिक, एकल महिला अपाङ् भत्ता घर घरमा पु¥याउने चुनाबी एजेन्डा रहेको चौधरीले सुनाए ।
रामधुनीलाई नमूना नगर बनाउनका लागि नगरका कर्मचारीलाई विशेष सुविधा दिइने, कृषिमा आधूनिकीकरण, उत्कृष्ट सफल किसनलाई बार्षिक रुपमा सम्मान, अपुरो रहेको वधशाल निर्माण पूरा गर्ने, बृद्दाआश्रम निर्माण गर्ने, बन्द निषेधीत क्षेत्र बनाउने, सुनसरी खोलामा दाहसंस्कार स्थल निर्माण गर्ने र महिला सशक्तीकरण कार्यक्रम गर्ने एजेन्डा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अहिले शहरी क्षेत्रमा समस्याको रहेको रुपमा रहेको फोहोर व्यवस्थापन रामधुनीमा पनि छ । यसलाई समाधान गर्ने, रामधुनी क्षेत्रको कृषि केन्द्रलाई कृषि कलेज बनाउने, भासी कलेजको स्तरोन्नति गर्ने र बक्लौरीमा व्यवस्थित कलेज निर्माण गर्ने एजेन्डा रहेको पत्रकार सम्मेलनमा जनाइयो । चौधरीले सम्पूर्ण जातजाति, वर्ग, क्षेत्रलाई संगठीत गरि साझा अभिभावक भएर काम गर्ने बताउँदै भने, ‘म वर्ग संघर्षको कुरा गर्दिन् । समानताको कुरामा जान्छौं ।’
गौरीशंकर रौनियार, मेयरका उम्मेदवार
झट्ट हेर्दा सामान्य लाग्ने र चाहिदो कुरा बोल्ने सुनसरी दुहवी वडा नं. ५ का गौरीशंकर रौनियारको समाजमा पु¥याएको योगदान त प्रेरणदायी छ । उनी राजनीतिक रुपमा पनि उत्तिकै सक्रिय छन् । अचेल राजनीतिक रुपमा बहुबालीको हाबी भएको बेला उनलाई देख्ने, बुझने जो सुकैलाई पनि राजनीति गर्न उर्जा मिल्छ । स्नातक तह पुरा गरेका उनी स्कुल पढ्दादेखि नै राजनीतिकमा सक्रिय तिनै रौनियार असार १४ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेस दुहवी नगरपालिकाको मेयरका उम्मेदवार हुन् ।
चुनाबी एजेन्डा
पाँच दसकअघि बिराटनगरका व्यापारी सुनसरी दुहवी बजारमा आएर उत्पादित कृषि सामान खरीद  गर्थे । विशेषगरी, त्यतिबेला बढीमात्रमा किसानले जुट लगाउँने भएकाले गर्दा व्यापारी साइकलमा आएर खरीद गर्थे, अनि बयलगाडीमा लान्थे । बर्खामा मोरङ्बाट सिमा पार गरी सुनसरी आउँन खोलामा त्यतिबेला पुल नहुदाँ व्यापारी हातीमा २५ पैसा तिरेर तर्थे । व्यापारीसँगै वारिपारि गर्ने सवैले २५ पैसा तिरेर हातीमार्फत खोला तर्थे । त्यतिबेला नाम चलेको दुहवी बजारलाई अहिले आएर साख धान्न गाह्रो परेको छ । दुहवी नगरपालिका क्षेत्र गाउँ नै गाउँले भरिएको  छ। त्यसैले गर्दा दुहवीलाई किसानले उत्पादन गरेको उत्पादित सामग्रीको कारोकार गर्ने स्थलको रुपमा विकास गर्ने मुख्य एजेन्डा रहेको मेयरका उम्मेदवार गौरीशंकर रौनियार बताउँछन् । अहिले दुहवी औद्योगिक करिडोर क्षेत्रको रुपमा चिनिएको छ । तर, जिल्लाका अन्य शहरको तुलनामा बिकासका आधारमा सुस्त छ ।
दुहवीमा जुट, सावुन, बिस्कुट, चामल, तेल, ध्यू, मासु लगायतका पाँच दर्जन बढी उद्योग छन् । अरु थप उद्योग खुल्ने क्रममा छन् । उद्योग प्रसस्त खुलेर आसपासका बासीन्दाले रोजगार भने पाएका छन् । जसले गर्दा पनि दुहवीलाई आर्थिक हरेक हिसाबमा आर्थिक कारोबार गर्ने स्थल बनाउन सकिने रौनियारको तर्क छ । उनका अनुसार, दुहवीलाई वाइफाई जोन, नगरपालिकाका कर्मचारीलाई प्रोत्साहन गदैं भएका कमीकमजोरी समाधान गर्ने, खेलकुद, गरीव तथा विपन्न परिवारका छोराछोरीलाई पठनपाठनका निम्ति मन्टेश्वरी शिक्षा प्रदान गर्ने एजेन्डा रहेको उनले सुनाए ।
दुहवीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युतको थप विका गर्ने एजेन्डा रहेको छ । स्वास्थ्यकै क्षेत्रमा गरीव तथा विपन्न परिवारलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराइने पनि एजेन्डा रहेको छ। शिक्षालाई सुधार गर्नका निम्ति सामुदायिक विद्यालयका हप्तामा दुई दिन समय मिलाएर अनुगमन गरि त्यसमा छलफल गरि गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावकसँग छलफल गरिने जनाइयो ।
दुहवीमो ढल–निकासको समस्या छ । यो समस्या समाधानका गर्ने पनि एजेन्डा रहेको छ। २०३० सालताका पूर्वमा सवैभन्दा बढी खेलकुद गतिविधी दुहवीमा हुने गथ्र्यो ।  भारतका ग्यान्टोक, कालिम्पोङ, दार्जेलिङ, कोलकता, थिम्पु, कटिहारका लगायतका खेलाडी प्रतिष्पर्धाका लागि सहभागी हुने गर्थे । तर, पछिल्लो समय दुहवीमा खेलकुदका गतिविधी बिरलैमात्रमा हुने गरेका छन् । काँग्रेसले प्रत्येक वडामा खेलकुदका गतिविधी गर्ने चुनाबी एजेन्डामै समेटेको छ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot