Logo

चुनावी मैदानमा देउवा, ओलीदेखि प्रचण्डसम्म उत्रिए, शीर्ष नेताहरुलाई स्थानीय तहको निर्वाचन प्रतिष्ठाको लडाँई



काठमाडौं, ८ असार । असार १४ गतेको दोस्रो चरणको निर्वाचन आउन अब जम्मा एक हप्ता मात्रै बाँकी छ । चुनावी अभियानमा प्रमुख दलका शीर्ष नेताहरु यतिवेला चुनावी क्षेत्रमा पुगिसकेका छन् ।

कतिपय शीर्ष नेताहरु त आफ्नो गृहजिल्लामा यतिवेला अड्डा जमाएर बसेका छन् । प्रमुख दलका अध्यक्ष तथा सभापतिहरु नै यतिवेला आफ्ना पार्टीका उम्मेद्धवारलाई जिताउनको लागि चुनावी क्षेत्रमा विशेष कार्यक्रम लिएर गएका छन् ।

खासगरी प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि चुनावी प्रचारको लागि आफ्नो गृहजिल्ला जाने भएका छन् । देउवा भोलि नै गृहजिल्ला डढेलधुरा जाने भएका छन् । उनले ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा केन्द्रित रहेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हुन त दोस्रो चरणको निर्वाचनमा पनि प्रमुख दलहरुवीच स्थानीय तहमा चुनावी तालमेल रहेको छ । पहिलो चरणमा पनि तालमेल गरेका दलहरु दोस्रो चरणको निर्वाचनमा झन एक महिना अघि देखि नै तालमेलको तयारीमा होमिएका थिए ।

प्रदेश नम्बर १ मा यसपटक कडा प्रतिष्पर्धा हुने भएको छ । प्रदेश नम्बर एकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र कोइराला परिवारको प्रभाव रहेको छ । प्रदेश नम्बर १ को झापामा खासगरी एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौलावीच कडा प्रतिष्पर्धा हुने भएको छ ।

यता मोरङ्मा पनि ठूला दलहरुवीच कडा प्रतिष्पर्धा हुने भएको छ । मोरङमा एमाले अध्यक्ष ओली निकट विनोद ढकाल र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला निकट भीम पराजुली विराटनगर महानगरपालिकाको मेयरमा उम्मेद्धवार बनेका छन्। यसमा पनि ओली र पौडेलवीच नै प्रतिपष्र्धा हुने देखिएको छ ।

प्रदेश नमबर एककै सुनसरीमा पनि ठूला दलहरुवीच नै कडा प्रतिष्पर्धा भैरहेको छ । सुनसरीका प्रायः सबै नगरपालिकामा एमाले र कांग्रेसकै कडा प्रतिष्पर्धा छ ।

यता सुनसरीमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र उपेन्द्रयादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल भएको छ । यता सुनसरी र मोरङ्मा विजय गच्छदारको फोरम लोकतान्त्रिकपनि बलियो रुपमा चुनावी प्रचारमा उत्रिएको छ । यी दुई जिल्लालाई गच्छदारको पडकको रुपमा लिईन्छ ।

स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहेको बेला सुनसरीमा विभिन्न पार्टीका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दैै मत माग्ने कार्यमा व्यस्त भएका छन् ।

जिल्लामा सक्रिय रुपमा रहेका ठूला राजनीतिक दलदेखि स्वतन्त्रका उम्मेदवार आफ्नो पक्ष तथा आफ्नो चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेका हुन् ।

सुनसरीमा रहेका नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा♥माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र तर्फका उम्मेदवार आप्mनो पक्षमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेको कोसी गाउँपालिकाका नेपाली काँग्रेसका नेता देवचन्द्र झाले जानकारी दिनुभयो ।

जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवार मत माग्ने कार्यमा व्यस्त बनेको पाइएको छ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सक्रिय रुपमा रहेको नेपाली काँग्रेसका तर्फबाट प्रमुखका टिकट पाएका राजन मेहता सहितका उम्मेदवारले आफ्नो पक्षमा मतदान गरी विजयी गराउन आग्रह गर्दै मतमाग्ने कार्यमा व्यस्त बनेको नेपाली काँग्रेसका नेता धिरज भट्टराईले जानकारी दिए ।

त्यसैगरी, नेकपा एमालेका तर्फबाट इनरुवा नगरपालिकाका लागि प्रमुख पदमा उम्मेदबारी पाएका पोष्टकुमार नेपाल सहितका अन्य पदका उम्मेदवारसमेत आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेको पाइएको छ ।

त्यसैगरी, माओवादी केन्द्रबाट प्रमुख पदका लागि टिकट पाएका सुरेन्द्र कटुवाल सहितका अन्य पदका उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त भएको स्थानीय मतदाता रन्जित मेहताले जानकारी दिए । उनीहरुसँगै अन्य दलका उम्मेदवारसमेत मत माग्ने कार्यमा व्यस्त भएको पाइएको स्थानीयवासी चन्दन मेहताले जानकारी दिए ।

त्यसैगरी, जिल्लाको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी, रामधुनी तथा बराह नगरपालिका, कोसी, भोक्राहा, हरिनगरा, देवानगन्ज र गढी गाउँपालिका लगायतका ठाउँमा राजनीतिक दलका उम्मेदवारले आफ्नो पक्षमा मतमाग्ने कार्यमा व्यस्त भएको पाइएको स्थानीयवासीले बताएका छन् ।

प्रदेश नम्बर ५ मा पनि रोचक भिडन्त

प्रदेश नम्बर १ जस्तै ५ नम्बर प्रदेशमा पनि चुनावी प्रतिष्पर्धा निकै रोचक मानिएको छ । प्रदेश नम्बर ५ अन्र्तगर्त दाङमा नौसय ५४ महिला उम्मेदवार चुनावी मैदानमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् ।
दाङमा कांग्रेस र एमालेको पकड रहेको छ ।

कांग्रेस नेताहरु क्रमशः खुमबहादुर खड्का, दिपक गिरीको प्रभाव रहेको दाङ्मा बलिया उम्मेद्धवारहरुलाई मैदानमा उतारेको छ । यता एमालेका नेता शंकर पोखरेलको पनि राम्रो प्रभाव रहेको दाङ्मा पन िएमालेले पनि प्रभावशाली उम्मेद्धवारहरु उठाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, लमही नगरपालिकामा एक सय दुई जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।

त्यसैगरी बबई गाउँपालिकामा ५५, राजपुर गाउँपालिकामा ७२, राप्ती गाउँपालिकामा एकसय १४, दङ्गीशरण गाउँपालिकामा ५५, गढवा गाउँपालिकामा ९६, शान्ति नगर गाउँपालिकामा ५७ र बङ्गलाचुली गाउँपालिकामा ५९ गरी नौसय ५४ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

जुन सङ्ख्याका कुल उम्मेदवारको सङ्ख्यामा महिला उम्मेदवारको सङ्ख्या ४० प्रतिशत रहेको छ । यसरी चुनावी मैदानमा उत्रिएका महिलामध्ये नगरप्रमुख पदमा अत्यन्तै न्यून रहेको छ ।

जसमा घोराही उपमहानगरपालिकाबाट मोहन वैद्य समूहको नेकपा क्रान्तिकारी माओवादीले सुशीला आचार्य र नेकपा (माओवादी केन्द्र)ले लमही नगरपालिकाको प्रमुखमा द्रोपता पौडेललाई उम्मेदवार बनाएको छ भने दलहरुले नगर क्षेत्रमा अधिकांश महिलालाई उपप्रमुख, गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

प्रमुख दलहरुले उपमहानगरपालिकामा एक-एक वटा वडामा मात्र वडाध्यक्ष महिला उम्मेदवार बनाएको छ । चुनावी मैदानमा उत्रिएका महिला उम्मेदवारको कुल उम्मेदवार सङ्ख्याको ४० प्रतिशत रहेको छ ।

कपिलवस्तुमा पनि कांग्रेस र एमालेकै रोचक भिडन्त हुने बुझिएको छ । त्यस्तै रुपन्देहीमा पनि एमाले र कांग्रेसकै भीडन्त हुने पक्का पक्की भएको छ। रुपन्देहीमा एमाले उमहासचिव विष्णु पौडेलको बोलवाला रहेको छ । यो उनको निर्वाचन क्षेत्र समेत हो ।

यता गुल्मीमा पनि ठूला दलहरुवीच नै कडा प्रतिष्पर्धा हुने बुझिएको छ । खासगरी सिमांकनको विवाद समाधान गर्नको लागि अघिल्लो सरकारले ५ नम्बर प्रदेश टु्क्रयाउने निर्णयको विरुद्धमा बुटवलमा ठूलो आमसभा भएको थियो । खासगरी गुल्मी, पाल्पा र अर्घाखाँचीका जनताहरु पनि सडकमा उत्रिएका थिए ।

त्यसैले यी जिल्लामा खासगरी कसले बाजी मार्ने भन्नेबारेमा एमाले नेता गोकर्ण विष्ट, कांग्रेस नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी चुनावी प्रचारमा उत्रिएका छन् ।

यता प्रदेश नम्बर ७ मा पनि कांग्रेस र एमालेवीच नै कडा प्रतिष्पर्धा हुने भएको छ । खासगरी प्रदेश नम्बर ७ कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र हो । त्यस्तै, यो क्षेत्र एमाले उपाध्यक्ष भीम बहादुर रावलवकोपनि हो । एमाले उपाध्यक्ष रावल त एक महिनादेखि नै आफ्नो क्षेत्रमा उठेका पार्टीका उम्मेद्धवारहरुलाई जिताउनको लागि चुनावी प्रसारप्रसारमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot