Logo

चुनावी मैदानमा प्रधानमन्त्री देउवापनि उत्रिए, यस्तो छ उनको कार्यक्रम



धनगढी, ९ असार । यही असार १४गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश नम्बर ७ मा पुगेका छन् ।

प्रधानमन्त्री देउवा आज विहान धनगढी पुगेका हुन् । उनीसँग काँग्रेस केन्द्रीय सदस्य एनपी साउदसमेत पुगेका छन् ।

सभापति देउवा धनगढीमा पार्टीको कार्यक्रम सकेर दिउँसो २ बजे कञ्नचपुराको झलारीमा चुनावी संवोधन गर्न पुग्नेछन् । त्यस्तै ४ बजे महेन्द्रनगरको कार्यक्रमलाई संवोधन गर्नेछन् ।
प्रधानमन्त्री देउवा शुक्रबार महेन्द्रनगरमै बस्नेछन् । शनिबार डडेलधुराको जोगबुढा जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा असार १४ गतेको चुनाव सकेरमात्र काठमाडौं फर्कने छन् । सो क्रममा उनले सात प्रदेशका विभिन्न जिल्लाका दर्जनौं कार्यक्रममा सहभागीता जनाउने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot