Logo

राजपालाई चुनावमा सहभागी गराउने प्रयास भइरहेको छ : प्रधानमन्त्री देउवा



कन्चनपुर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको निर्वाचनपछि संविधान कार्यान्वयन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा देउवाले संविधान कार्यान्वयन गर्न स्थानीय, प्रदेश र संघीय संसदको चुनाव गर्नुको विकल्प नभएको बताएका हुन् ।

उनले निर्वाचनको वातावरण बनाउने काममा सहयोग गर्न सञ्चारजगतलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले संविधान संशोधन गरेर राजपालाई चुनावमा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए । उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि राजपाले उठाउँदै आएका मागमा छलफल गरी सधैंका लागि विवाद टुंगो लगाउने दाबीसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्