Logo

चीन नगई किन पहिला भारत जाँदैछन् उपप्रधानमन्त्री महरा ? यस्तो छ रहस्य :



काठमाडौं, १० असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा असार १४ गतेको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै भारत भ्रमणमा जाने भएका छन् ।

उपप्रधानमन्त्री महरा निकट उच्च स्रोतका अनुसार महराले भारत भ्रमणको गृहकार्य सुरु गरिसकेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै उनी दिल्ली उड्ने निधो भएको उनी निकट स्रोतले जनाएको हो ।

महरा पछिल्लो समय नेपाल–भारत र नेपाल–चीन दुवै मित्रराष्ट्रवीच सुमधुर सम्बन्ध बनाउने योजनामा छन् । उनले दुवै मित्रराष्ट्रसँग सन्तुलित परराष्ट्र नीति अख्तियारी गर्ने प्रयास गरिरहेका छन् ।

यता उनी भारतसँग आफ्नो निकट सम्बन्ध स्थापित गराउनको लागि भित्री रुपमा लागिपरिरहेका छन् । त्यही भएर महरा पहिलो विदेश भ्रमणको लागि भारत भ्रमणमा जाँदैछन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले महरालाई भ्रमणको लागि निम्तो समेत दिईसकेकी छिन् । स्वराजको निम्तो मान्नपनि उनी भारत जाँदैछन् ।

त्यस्तै प्रधानमन्त्रीमा निर्वाचित भएपछि शेरबहादुर देउवालेपनि आफ्नो पहिलो विदेश भ्रमण भारत नै गर्ने चाहना राखेका छन् । सोही बमोजिम प्रधानमन्त्री देउवाको पनि छिट्टै भारत भ्रमण हुने छ । देउवाको भ्रमणको तयारीका लागि पनि महराको भारत भ्रमण हुन लागेको उच्च स्रोतको दाबी छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि छिट्टै नेपाल भ्रमणमा आउने तयारी भारत सरकारले गरेको छ ।

भारतीय कम्पनीले निर्माण गरेको अरुण तेस्रो जलविद्युत परियोजनाको उद्धघाट्न गर्न मोदी नेपाल आउन लागेका हुन् । मोदीको भ्रमणको लागि नेपाल र भारत दुवै तर्फका सरकारी पक्षले तयारीलाई तिव्रता दिएका छन् ।

त्यसैले उपप्रधानमन्त्री महराको भारत भ्रमण पनि नेपाल–भारत उच्चस्तरीय द्धिपक्षीय भ्रमणको गृहकार्य स्वरुपको रुपमा पनि लिईएको छ । महरालाई चीनपरस्त नेताको रुपमा चिनिन्छ । तर पछिल्लो समय उनले आफूलाई सन्तुलित तुल्याएका छन् । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका समेत विश्वासपात्रको रुपमा चिनिएका महरा भारतसँग निकट बनिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्