Logo

निर्वाचन आयोगका पछिल्लो कामकारबाही सन्तोषजनक छैन : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ



काठमाडौं, ११ असार । पुर्ब प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोगको कामकारबाही पछिल्लो समय सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । उनले निर्वाचन आयोगले संवैधानिक गरिमा राख्न नसकेको गुनासो पोखेका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै श्रेष्ठले निर्वाचनको मिति सारेर चरण–चरणमा गर्दा मुलुकमा सालभरि नै निर्वाचन भैरहने बताए । उनले भने,‘निर्वाचनप्रति जनताको ठूलो आकांक्षा बढेको छ, पहिलो चरणको निर्वाचनमा ४९ हजार उम्मेद्धवार थिए, ४९ लाख मतदाताहरु थिए, पहिलो चरणको निर्वाचनमा ७४ प्रतिशत मत खस्यो, यो अत्यन्तै उत्साहजनक हो ।’

उनले दोस्रो चरणको निर्वाचनको मौन अवधि आजै रातिबाट सुरु हुने बताउँदै चुनावले राजनीतिक दलहरुलाई पोजिटिभ भाईव्रेन्ट ल्याएको दाबी गरे । श्रेष्ठले भने,‘दलहरुलाई सकारात्मक भाईव्रेन्ट ल्याएको छ, राजपा आज राष्ट्रिय स्वरुपमा आउन खोज्दैछ।’

यद्धपी उनले सरकारले निर्वाचनको मिति तोक्दा पर्याप्त गृहकार्य नगरेको गुनासो पोखे । उनले भने,‘निर्वाचनको मिति तोक्दा सरकारले होमवर्क नै गरेन, हुन त एकै चरणमा निर्वाचन गर्न सक्ने अवस्था थिएन, पहिले निर्वाचन आयोगले सरकारले एकै चरणमा बैशाख ३१ गते देशभरि नै निर्वाचन गर्ने भन्दा हुन्छ भनेको थियो, तर पछि दुई चरणमा गर्ने भनियो, मिति पटक पटक सार्ने काम भया ।’ उनले असोज २ गतेको निर्वाचनको मिति पनि पनि चाडपर्वको मुखमा पारिएकोप्रति असन्तुष्टि पोखे ।

उनले असार १४ गतेको निर्वाचनपनि मध्यवर्षामा तोकिनु गलत भएको टिप्प्णी गरे । उनले भने,‘हिजो यस्तो पानी पर्यो, हामी सबैले देख्यौं, अब प्रकृतिलाई नै जित्ने भयौं, यस्तो बेला चुनावको मिति तोक्नु भनेको अदुरदर्शी काम हो।’

निर्वाचनको पाँच दिन अघि प्रधानमन्त्रीकहाँ डेलिगेसन गएर गरेको आयोगका सचिव सरुवाले आयोगका आयुक्तहरुकै पनि अनुगमन आवश्यक देखिएको बताए। उनले भने,‘अरुलाई आचारसंहिता अनुसार गाडी यो स्तरको चढ्नुपर्छ, सरुवा बढुवा गर्न हुँदैन भनेर प्रमुख आयुक्तले भन्नुहुन्छ, तर त्यो आचारसंहिता आफूलाई पनि लाग्छ भन्ने कुरा उहाँहरुले भूलिदिनुभयो र गाडी खरिदका विषयलाई लिएर सचिव सरुवा गरिदिनुभयो।’

श्रेष्ठले भने,‘पछिल्लो समय निर्वाचन आयोगले आफ्नो गरिमा बचाउन नसकेकोजस्तो देखिएको छ, केही कमिकमजोरी सुधारका लागि मैले आग्रह गरेको पनि छु, मैले व्यक्तिगत रुपमा पनि प्रमुख आयुक्तलाई भेटेर पटक–पटक ध्यानाकर्षण गराएको छु, निर्वाचन आयोगले सबै नराम्रो र्गयो त भन्न हुँदैन, तर उसले गरेका केही कामले राष्ट्रलाई नै घाटा हुने अवस्था देखिएको छ।’
उनले भरतपुरका विषयमा आयोगले लिएको निर्णयले ‘इलेक्टोरल डेमोक्रेसी’लाई नै धरापमा पार्नसक्ने चेतावनी चिन्ता व्यक्त गरे । उनले भने,‘मतगणना चित्तबुझ्दो भएन्, पहिलो चरणको निर्वाचनमा चितवनको १९ नम्बर वडाको घट्नाले ठूलो ठेस लागेको छ।’ उनले चितवनको भरतपुरको घटनाको बारे छिटो निर्णय दिनुपर्ने बताए ।

उनले निर्वाचन आयोगले पहिलो चरणमा देखिएको मतदाता शिक्षाको परिपूर्ति हुनेगरी दोस्रो चरणमा पनि मतदाता शिक्षा कार्यक्रम संचालन नगरेको गुनासो पोखे । उनले मुलुकमा २० वर्षपछि स्थानीय निकायको निर्वाचन भएकोले निर्वाचनले राजनिती चेतना गाउँ–गाउँमा पुगेकाले यसले विकाशमा टेवा पु¥याउने बताए । यद्धपी उनले चुनिकएका प्रतिनिधिहरुको निर्णय महत्वकांक्षी भएको समेत बताए ।

निर्वाचनको मिति सरकारले तोक्ने कार्य नराम्रो रहेकोले र यसले निर्वाचन आयोगलाइ नै कमजोर बनाएको उनको तर्क थियो । त्यस्तै निर्वाचनमा आचारसंहिता पुर्ण रुपमा लागू हुन नसकेको गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्