Logo

यस्तो छ दलहरुको चुनावको हिसाबकिताब : देउवा, ओली, प्रचण्डलाई साखः जोगाउन हम्मेहम्मे !



थापा, गच्छदार र उपेन्द्र यादव भने संकटमा

काठमाडौं, ११ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन जम्म ३ दिन बाँकी छ । आज राति १२ बजेबाट मौन अवधि सुरु हुन्छ । प्रमुख दलका शीर्ष नेताहरु आज अन्तिम दिनमा पनि चुनावी अभियानमा जुटे । उनीहरुले मौन अवधि सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदापनि उनीहरुले समयको सदुपयोग गरेका छन् । प्रमुख दलका शीर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्नमै आजपनि दिनभरि नै व्यस्त रहे ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि आज दिनभरि नै आफ्नो गृहजिल्ला डढेलधुराको चुनावी सभामा व्यस्त रहे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपनि दिनभरि नै चुनावी सभालाई सम्बोधन गर्न व्यस्त रहे । उनले बुटवलमा आज विशेष सम्बोधन गरे । ओली आफ्नो गृहजिल्लामा एक हप्तासम्म अड्डा जमाएर बसे । झापामै उनलाई निकै कडा चूनौति कांग्रेसले दिएको छ ।

यस्तो छ प्रदेश नम्बर १ मा दलहरुवीच रस्साकस्सी:

देशभर ३३४ स्थानमा निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचन अन्र्तगर्त एकमात्रै रहेको महानगरपालिका विराटनगरमा भने कांग्रेसले जित्ने दाबी गरिरहेको छ । कांग्रेस नेता शेखर कोइरालाका अनुसार एक महानगरपालिकासहित ५५ प्रतिशतमा कांग्रेसले विजयी हाँसिल गर्नेछ् ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक उमहानगरपालिाका ईटहरीसहित ६० प्रतिशत स्थानमा जित्ने दाबी गरेको छ । यता नेकपा माओवादी केन्द्रले पनि एक उपमहानगरापलिका धरानसहित २५ प्रतिशत जित्ने दाबी गरेको छ ।

प्रदेश नम्बर एक अन्र्तगर्त झापालाई अहिले निकै रोचकताका साथ हेरिएको छ। एमाले अध्यक्ष ओलीलाई झापामा कांग्रेस नेता कृष्ण सिटौलाले धक्का दिईरहेका छन् । ओलीले त्यही भएर आफ्नो गृहजिल्लामा यसपटकको चुनावमा एक हप्ता लामो समय व्यतित गरे ।

एक नम्बर प्रदेश अन्र्तगर्त पूर्वको ईलाममा एमाले बरिष्ठ नेता झलनाथ खनाल नै मैदनमा उत्रिएका छन् । उनले आफ्ना पार्टीका उम्मेद्धवारलाई जिताउनको लागि घरदैला कार्यक्रम समेत गरे । त्यस्तै संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि ईलाममा जमेर बसेका छन् । ईलाममा पनि एमालेले नै जित्ने शीर्ष नेता खनालको दाबी छ । पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै खनालले भने,‘पूर्वमा एमालेले जित्छ, कसैले रोक्न सक्दैन्।’

त्यस्तै अर्को जिल्ला संखुवासभामा ५ नगरपालिका, ५ गाउँपालिका छन् । संखुवासभाको धेरै स्थानमा कांग्रेसले विजयी हाँसिल गर्ने कांग्रेस नेता एवम् निर्वतमान मन्त्री दिपक खड्काले दाबी गरे । उनले भने,‘धेरै स्थानमा हामी विजयी हाँसिल गर्ने तयारीमा छौं, कांग्रेसले ५ नगरपालिकामा जित्छ, ५ गाउँपािलकामा ४ जिताउने अभियानमा म छु, म आँफै दिनरात खटिरहेको छु।’

झापामा नगरपालिका र गाउपालिका गरेर १५ वटा छन् । जसमध्ये कचनकवल गाउँपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दीबारी गाउँपालिका, कमल गाउँपालिका छन् भनेर गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, दमक नगरपालिका रहेका छन् । यी गाउँपालिका तथा नगरपालिकामा एमालेलाई कांग्रेसले कडा टक्कर दिएको छ।

यता माओवादी केन्द्रले भने सबैभन्दा बढि आश गरेको प्रदेश भनेको ५ नम्बर हो । त्यही भएर उसले बुटवल उपमहानगरपालिकामा कांग्रेससँग तालमेल गरेको छ । त्यस्तै माओवादीले आफ्नो उद्गमस्थल रोल्पामा पनि विजयीको किल्ला जोगाएर राख्ने दाउ गरेको छ । यसको लागि माओवादीका प्रभावशाली नेता वर्षमान पुन चुनावी कमाण्डर तोकिएका छन् ।

त्यस्तै दाङको दुवै उपमहानगरपालिकामा कांग्रेसले जित्ने दाबी गरेका छन् । घोराही र तुलसीपुर उपमहानगरपालिका दुवैमा कांग्रेसले जित्ने कांग्रेस नेता दिपक गिरीले दाबी गरेका छन् ।

यता बुटवलमा उपमहानगरपालिकाको कांग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल भएको छ। ऋाजमात्रैपनि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा सम्बोधन गरेका छन् । बुटवलमा एमालेबाट विष्णु पौडेल आफ्नो पार्टीका प्रतिनिधिलाई जिताउन चुनावी मैदानमा लागेका छन् । बुटवलमा जसरीपनि एमालेले नै जित्ने उनको दाबी छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकामा माओवादीले जित्ने दाबी गरेको छ । माओवादीले अहिलेसम्म एकमात्रै उपमहानगरपालिका नेपालगञ्जमा विजयी हाँसिल गर्ने विश्वास लिएको छ ।

गुल्मीचन्द्र भण्डारी र गोकर्ण विष्ट र प्रदिप ज्ञवालीको गृहजिल्ला हो । तीन वटै नेताहरु चुनावी अभियानको क्रममा गुल्मीमा जमेर बसेका छन् । उनीहरुले आ–आफ्नो पाटीले जित्ने दाबी गरिरहेका छन् ।

माओवादी केन्द्रबाट भने टोपबहादुर रायमाझीपनि कांग्रेससँगको तालमेल गरेर पार्टीलाई जिताउने अभियानमा डटेर लागिरहेका छन् भने रोल्पामा अहिलेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा, रुकुममा गृहमन्त्री जनार्दन शर्मा आफ्नो पार्टीलाई जिताउने अभियानमा होमिएका छन् ।

https://reportersnepal.com/2017/06/188167.html

उपमहानगरपालिकासहित ८८ स्थानीय तह रहेको ७ नम्बर प्रदेशमा चार पार्टीको मुख्य प्रतिस्पर्धा छ । कांग्रेस र एमालेमध्ये को पहिलो बन्ने प्रतिस्पर्धामा छन् । माओवादी आफ्नो स्थितिलाई कांग्रेस र एमालेको हाराहारीमा पुर्‍याउने प्रयासमा छ ।

प्रदेश संयोजक समेत रहेका माओवादी नेता लेखराज भट्टले प्रदेशका कुल ८८ स्थानीय तहमध्ये २५ स्थान जित्ने आँकलन गरिएको बताए । उनले कैलाली र क ञ्चनपुरमा पहिलो हुने दाबी समेत गरे ।
प्रदेश नम्बर ७ नम्बर प्रदेशमा माओवादीले लेखराज भट्टलाई परिचालन गरेको छ ।

धनगढी उपमहानगरपालिका कांग्रेसले जित्छ ।अन्य नगरपालिकासहित एमालेले ५५ प्रतिशत जित्ने भीम रावलको दाबी छ ।

तर देउवासँगै गएका लेखक र साउदका अनुसार ६० प्रतिशत जित्ने पक्का गरेका छन् ।

यसपटक उपेन्द्र यादवले केही नगरपालिकाको मेयरसहित ८ प्रतिशत स्थानमा विजयी हाँसिल गर्ने दाबी गरेका छन् ।उनी पनि चुनावी सभालाई सम्बोधन गर्न देशव्यापी दौडाहामा निस्किएका छन् ।

यता शीर्ष नेताहरु देउवा, ओली, प्रचण्डले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेपनि उनीहरुलाई साखः जोगाउननै हम्मेहम्मे परेको छ ।

प्रधानमन्त्री शेरबहादुरलाई आफ्नो गृहजिल्ला डढेलधुरामा साखः जोगाउन हम्मेहम्मे परेका छ । भने एमाले अध्यक्ष ओलीलाई झापामा  । किनभने देउवालाई एमाले अध्यक्ष भीम रावलले कडा चूनौति दिईरहेका छन् भने  । झापामा ओलीलाई कृष्ण सिटौलालले कडा चूनौति दिएका छन् । यता आफ्नै गृहजिल्ला मोरंगमा विजयकुमार गच्छदारलाइृ साखः जोगाउन धेरै मुश्किल छ । विराटनगर र धरानमा डर छ । उपेन्द्र यादवलाई सुनसरी र मोरंगमा गाहा«े छ ।

पार्टीको आन्तरिक कलहका कारण नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तह निर्वाचनमा आफ्नै क्षेत्रमा अप्ठेरोमा परेको स्रोतको दाबी छ। मतदानको दिन आउनै लाग्दा गृहजिल्ला डडेलधुराका साथै कैलाली र कञ्चनपुरमा समेत टिकट वितरणमा देखिएको असन्तुष्टि साम्य हुन सकेको छैन।

आन्तरिक विवाद समाधान हुन नसक्दा देउवालाई निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न चुनौतीपूर्ण बन्दै गएको छ।

संसद्मा ठूलो दल भए पनि पहिलो चरणको निर्वाचनमा दोस्रो बनेको कांग्रेसले असार १४ गते हुने दोस्रो चरण निर्वाचनबाट परिणाम आफ्नो पक्षमा बढी आउने आकलन गरेको छ। टिकट विरणप्रति असन्तुष्टि जनाउँदै स्थानीय नेताहरू नै प्रचारमा लागेका छैनन्।



प्रतिक्रिया दिनुहोस्