Logo

सुनवल विष्फोटमा घाइतेको नि:शुल्क उपचार गर्न माओवादीको माग



काठमाडौ, १२ असार । नेकपा माओवादी केन्द्र जिल्ला कार्यसमिति नवलपरासीले निर्वाचनका क्रममा आइतबार आयोजित र्यालीलाई निशाना बनाएर सोमनाथ पुलमा भएको विष्फोटको भत्सर्ना गरेको छ ।

माओवादी केन्द्रका इन्चार्ज घनश्याम यादवले सोमबार विज्ञप्ति जारी गर्दै सरकार र निर्वाचन आयोगको चरम लापरवाहीका कारण घटना भएको जनाएका छन् ।

उनले घटनामा घाइते भएकाहरुको निशुल्क स्वास्थ्य उपचार गर्न सरकारसँग माग गरेका छन् । सो घटनामा परि २० माओवादी कार्यकर्ता घाइते भएको माओवादीले जनाएको छ ।

आइतबार माओवादीको चुनावी र्यालीलाई लक्षित गर्दै नवलपरासीको सुनवल नगरपालिका सोमनाथ पुलमा विद्युतीय विष्फोट भएको थियो ।



प्रतिक्रिया दिनुहोस्