Logo

सभामुख घर्ती र पूर्व मन्त्री पुनले गरे मतदान



काठमाडौं १४ असार । । सभामुख ओनसरी घर्ती मगरले पनि बुधबार बिहानै मतदान गरेकी छिन् । घर्ती मगरले रोल्पा नगरपालिका वडा नम्बर ७ को बालउदय मावि जंकोटबाट मतदान गरेकी हुन् ।

सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् पूर्व मन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेका छन् ।

ओनसरीले महिलातर्फको र वर्षमानले पुरुषतर्फको लाइनबाट एकैपटक मतदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot