Logo

मतदान गरेपछि पूर्वमन्त्री दिपक खड्काले भने,“जनताहरुको उत्साहजनक सहभागिता छ”



काठमाडौं, १४ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् निवर्तमान मन्त्री दिपक खड्काले दोस्रो चरणको निर्वाचनमा पनि जनताहरुको उत्साहजनक सहभागिता रहेको बताएका छन् ।

नेता खड्काले संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ८ स्थित् अमरुवा मावि केन्द्रबाट मतदान गरेलगत्तै यस्तो प्रतिक्रिया दिएका हुन् ।उनले भने,“जनताहरुमा हर्ष छाएकोे छ । सुंखवासभाका जनताहरुको उत्साजहनक सहभागिता छ, यो अत्यन्तै खुशीको कुरा हो ।”

नेता खड्काले संखुवासभाका सबै मतदान केन्द्रहरुमा मतदान अत्यन्तै शान्तिपूर्ण वातावरणमा जारी रहेको समेत जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot