Logo

नवलपरासीको सबै मतदानस्थलमा उत्साहजनक मतदान जारी



नवलपरासी, असार १४ । राष्ट्रिय जनता पार्टीको प्रभाव मानिएको नवलपरासीको सीमावर्ती गाउँपालिकामा उत्साहजनक सहभागितामा मतदान जारी छ ।

जिल्लाको ७० वटा अति संवेदनशील, २३ संवेदनशील र २७ लाई सामान्य मतदान स्थलकारुपमा वर्गिकरण गरेर सुरक्षा ब्यवस्था मिलाइएको छ ।चुनावका लागि शान्ति सुरक्षा कडा पारिएको छ ।

सीमावर्ती क्षेत्र र राष्ट्रिय जनता पार्टीको विरोधको कारण सामान्य अवस्था भन्दा सुरक्षाकर्मी दोब्बर पार्नुका साथै सादा पोशाककमा समेत सुरक्षाकर्मीले निगरानी बढाएका छन् ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार भारतीय सीमावर्ती क्षेत्र र राजपाका कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहने मतदान स्थललाई अतिसंवेदनशील , संवेदनशील र सामान्य गरी तीन तहमा वर्गिकरण गरीएको छ ।

प्रतापपुर, सरावल , सुस्ता, पाल्हीनन्दन गाउँपालिका र बर्दघाट नगरपालिकाका केही वडालाई सुरक्षाका दृष्टिकोणले संवेदनशील भएको भन्दै सेना, प्रहरी , सशस्त्र र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरीएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्