काठमाडौं, १४ असार । निर्वाचन आयोगले मौन अवधिमा पत्रकार सम्मेलन गरेर आचार संहिता उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र काटेको छ ।
बुधबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा आयोगका सहसचिव नमराज पौडेलले यस्तो जानकारी दिएका हुन् ।
मौन समय चलिरहेका बेला चौतारीको आयोजनामा ओलीले सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेका थिए । आचार संहिता विपरीत पत्रकार सम्मेलन गरेको भन्दै ओलीविरुद्ध उजुरी परेको थियो ।