Logo

मतदान केन्द्रमा फालेको बम टिपेर फाल्ने हवल्दारलाई पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा



दाङ, १४ असार। दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् ।

मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै रानालाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा बिहान मतदान भइरहेको बेला अज्ञात समूहले बम प्रहार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्