Logo

काठमाडौं ओर्लिए लगत्तै देउवा संविधान संशोधनबारे छलफलमा केन्द्रित



काठमाडौं, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधन प्रस्तावलाई कसरी पारित गराउन सकिन्छ भनेर विभिन्न पक्षसँग छलफलमा जुटेका छन् ।

हिजो सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा गृहजिल्ला डढेलधुरामा आफ्नो मत खसालेर राजधानी काठमाडौं फर्किएका प्रधानमन्त्री देउवाले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संविधान संशोधन गर्नेगरि आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार देउवाले असन्तुष्ट पक्षधर राजपा नेपालका शीर्ष नेताहरुसँग पनि आजै छलफल गर्नेछन् । त्यस्तै आजै प्रधानमन्त्री देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच पनि छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्