Logo

बाजुरामा निर्वाचन परिणाम आउन थाल्यो, नगरपालिकामा कांग्रेसले खाता खोल्यो



१५असार,बाजुरा ।  बाजुरा सात स्थानीय तहको मतगणनाको प्रारारम्भिक नतिजा अनुसारः नेपाली कांग्रसले चार तहमा अग्रता लिएको छ । भने एकमा एमालेको अग्रता छ । बाजुराको बडिमालिका नगरपालिका तिन वडाको मत परिणाम अनुसारनेपाली कांग्रेसका मेयर उपमेयरको अग्रता कायमै देखिएको छ ।

कांग्रेसका मेयरपदका उम्मेदवार पदम वडुवालले ९१६मत प्राप्त गरेका छन् भने उपमेयर कविता विष्टले९०३ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेका मेयर पदका उम्मेदवार गगन रावलले ८७७ र गिता रावलले ८०९ मत प्राप्त गरेकी छन् ।

बुढिनन्दा नगरपालिकको एक नं वडा जो एमालेको किल्ला भनिन्थ्यो त्यो वडावाट कांग्रेसका मेयर पदका उम्मेदावार पदम गिरी ले ४१२ मत पाएका छन् वडा अक्ष्यक्ष नृप गिरीले ४१० मत पाएर विजयी भएका छन् ।भने उनका प्रतिदन्द्धी ३५२ मत पाएकाछन् ।

एमालेको तर्फबाट मेययरका उम्मेदवार जनक बोहरा ले ३३८ मत र एमालबाट उपमेयरकी उम्मेदवार शृष्टी रेग्मीले ३९६मत पाएकी छन् । माओवादी केन्द्रका तर्फवाट मेयर पदका उममेदवार भरत विकले ९८ र रामकला लुहार उपमेयरले ६१ मत प्राप्त गरेको छ यो प्रारम्भीक नतिजा हो । उता छेडेदह गाउँपालिका वडा नं एकमा एमाले र २ मा कांग्रेसको अग्रता छ । अध्यक्षमा कांग्रेसका नरबहादुर रावतले १०९५ र उपाध्यक्ष कुन्ता वुढाले १०८३ मत पाएकी छन् ।

त्रिबेणी नगरपालिकामा अहिले मतगणना सुरुभएको छ । एमालेका अध्यक्षपदका उम्मेदवार लालवहादुर ओलीले ९८९ मत र उपाध्यक्ष प्रत्याशी पवित्रा शाहीले ९९७ मत पाएकी छन्। माओवादीका दिपक विसीले ४४ मत र उपाध्यक्ष कम्पानी नेपालीले ३९ मत पाएकी छन् छेडेदहमा अहिले सम्म दुुई वडाको मत गणना गरिएको छ।

साविकको गुदुखाती र डोगडी पनि कांग्रसको आधार क्षेत्र मानिन्छ भने आटिचौरमा २०७० को निर्वाचनमा एमालले अग्रता कायम गरेको थियो । गौमुल गाउँपालिका वडा नं एक र ६ मा एमाले जित हात पारेको छ । गौमुलमा एमालेकै बर्चश्व हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot