Logo

काडामा काँग्रेस, मस्टामा एमाले विजयी



बझाङ, १५ असार । काडा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र धामीले ३९४ र उपाध्यक्षमा काँग्रेसकै कल्पना बोहरा ३९४ मतसहित विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का मानबहादुर बोहरा ३३५ मत प्राप्त गर्नुभयो ।

मस्टामा एमाले

यसैगरी मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत दुई हजार १४२ र उपाध्यक्षमा भगवतीकुमारी बोहराले दुई हजार १८० मत ल्याई विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वीमा काँग्रेसका ज्ञानबहादुर बोहराले एक हजार ९१७ मत प्राप्त गर्नुभएकोे मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्