Logo

रुकुमका अधिकांश तहमा माओवादी केन्द्रकै कब्जा



रुकुम, १६ असार ।  बिहीबारदेखि सुरु भएको रुकुमका तीन गाउँपालिकाको मतगणना जारी छ । निर्वाचन सम्पन्न भएका कुल ३१ वडामध्ये २१ वडाको मतपरिणाम आइसकेको छ ।

यसमध्ये १९ वडामा जित हात पारेको माओवादी केन्द्रले अग्रता कायम गरिहरहेको छ । दुई वटा वडामा जित हात पार्दै एमाले दोस्रो स्थानमा छ । अहिलेसम्म कांग्रेसले कुनै पनि वडामा जितेको छैन ।

पहिलो चरणभन्दा दोस्रो चरणमा मतगणना अलि छिटो अगाडि बढिरहेको छ । शुक्रबार साँझसम्ममा सबै स्थानीय तहको मतपरिणाम आउने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot