Logo

माओवादीमा नारायणकाजीभन्दा कृष्णबहादुर महरा हाबी



५ नम्बर प्रदेशमा माओवादीले पडक जमाउनुको यस्तो छ कारण

काठमाडौं, १६ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठभन्दा कृष्णबहादुर महराको समूह बढि हाबी भएको छ ।

हालै सम्पन्न भएको पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादीले राम्रो नतिजा ल्याउनुपनि महराको गुटमा आवद्ध भएका नेताहरुको सक्रियता नै रहेको बुझिएको छ । माओवादीभित्र कृष्णबहादुर महरा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा लगायतका नेताहरु प्रमुख दल नेपाली कांग्रेससँग दिर्घकालिन गठबन्धन बनाएर जानुपर्ने पक्षमा देखिएका छन् ।

उनीहरुको यही लाईनका कारण पार्टीले स्थानीय तहको निर्वाचनमा सोचेको भन्दा धेरै नतिजा ल्याएको पार्टी नेतृत्वले पनि मुल्यांकन गरेको स्रोतको दाबी छ । यता नेता श्रेष्ठ लगायतका केही प्रभावशाली नेताहरु क्रमशः टोपबहादुर रायमाझी, शक्ति बस्नेत, गिरिराजमणि पोखरेलहरु एमालेसँग गठबन्धन बनाएर जानुपर्ने पक्षमा उभिएका छन् ।

प्रदेश नम्बर पाँचमा महरा, पुन, शर्मा लगायतको नेताहरुको प्रभावशाली उपस्थिति र पकडका कारण माओवादी केन्द्रले यो प्रदेशमा राम्रो नतिजा ल्याएको बताईएको छ । पछिल्लो समय माओवादी केन्द्रमा लोकप्रिय छवी बनाएका गृहमन्त्री जनार्दन शर्माको पनि प्रभावका कारण पार्टीले प्रदेश नम्बर ५ मा राम्रो नतिजा ल्याएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot