Logo

एमाले नेता शेरधन राईको गाउँमा माओवादी केन्द्रको जित



भोजपुर, १७ असार । भोजपुरमा माओवादी केन्द्रले विजयी खाता खोलेको छ । आम्चोक गाउँपालिकामा माओवादी केन्द्रका अशोक राई ३०८१ मत ल्याएर प्रमुखमा विजयी भएका छन् ।

राईका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर राईले २६५५ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्रकी सिता राई ३०५८ मत ल्याएर विजयी भएकि छिन् ।

उनकी प्रतिद्धन्द्धि नेकपा एमालेकी दिब्यकला राईले २६२२ मत पाएकी छिन्। आम्चोक गाउँपालिका नेकपा एमालेको तर्फबाट भोजपुर क्षेत्र नं २ का सांसद तथा पूर्व सञ्चार मन्त्री शेरधन राईको गृह क्षेत्र हो ।



प्रतिक्रिया दिनुहोस्