Logo

विराटनगरमा ओली–नेपाल द्वन्द्वले कांग्रेसलाई फाईदा



काठमाडौं, १७ असार । विराटनगर महानगरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

मतपरिणामको प्रारम्भिक रुझान हेर्दा मेयरमा कांग्रेसका उम्मेद्धवारले जित्ने लगभग निश्चित भएको छ । कांग्रेसबाट मेयरका उम्देवार भीम पराजुली सुरुवाति चरणदेखि नै लिड गर्दै आएका छन्। ताजा मतपरीणामअनुसार पराजुलीले एक हजार सात सय ४५ मत प्राप्त गर्दा एमालेबाट मेयरका उम्मेदवार विनोदकुमार ढकालले एक हजार दुई सय ३६ मत प्राप्त गरेका छन्।

संघीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ सय ९१ मत प्राप्त गरेका छन। उपमेयरमा पनि कांग्रेसकी इन्दिरा कार्की एक हजार पाँच सय नौ मतका साथ अग्रस्थानमा रहेकी छन्।
माओवादी केन्द्रका नमिता न्यौपानेले सात सय ३३ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ६ सय ८५ मत पाएका छन् । १९ वटा वडा रहेको विराटनगरमा १, २, ३, ४, १७ र १८ नम्बरको वडाको मतगणना भइरहेको छ ।

एमालेबाट मेयरका उम्मेद्धवार विनोद ढकाल पछि पर्नुको मुख्य कारण उनलाई पार्टीभित्रकै मोरङका पूर्व जिल्ला अध्यक्ष महेश रेग्मीले सहयोग नगरेको खुलासा भएको छ । रेग्मी माधव नेपालका खास मान्छे हुन् । ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओलीका खास मान्छे हुन् । उनलाई ओलीले नै उम्मेद्धवार बनाएका हुन् । त्यस्तै एमाले विराटनगरमा पछि पर्नुको अर्को कारण गठबन्धनको प्रत्यक्ष प्रभाव पनि हो ।

कांग्रेसका उम्मेद्धवार पराजुलीले विराटनगरमा अत्यन्तै राम्रो छवि बनाएका छन् । उनलाई विवादरहित नेताका रुपमा लिईन्छ । पत्रकार ऋषि धमलासँगको कुराकानीमा कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पराजुलीले जित्ने दाबी गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot