Logo

डडेल्धुराको परशुराम नपामा काँग्रेस विजयी



काठमाडौं,१८ असार। डडेल्धुराको परशुराम नगरपालिका काँग्रेस विजयी भएको छ । मेयरमा काँग्रेसका भीमबहादुर साउदले ४६२९ मत प्राप्त गर्दै विजयी भएका हुन् । साउदका निकटतम प्रतिद्वन्द्वी माअ‍ोवादी केन्द्रका शेरसिंह मालले ४१०२ मत पाएका छन् ।

उपमेयरमा पनि काग्रेसकै पल्लाभारी भएको छ । काँग्रेसकी कलापती बोहरा ४२१३ मत ल्याएर विजयी भइन् । नजिककी प्रतिस्पर्धी माओवादी केन्द्रकी बिमला महता ३६३८ मत खुम्चिइन् ।



प्रतिक्रिया दिनुहोस्