Logo

छबिसपाथिभेरा र केदारस्युँमा एमाले, खप्तड छान्नामा काँग्रेस



बझाङ, १८ असार । छबिसपाथिभेरा र केदारस्युँ गाउँपालिकामा नेकपा ९एमाले० तथा खप्तड छान्ना गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

छबिसपाथिभेराको अध्यक्षमा एमालेका अक्कल धामी दुई हजार २८९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र धामीले एक हजार ७३२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै राधिका रताला दुई हजार २२२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी महेश्वरी ओझाले एक हजार ६८५ मत प्राप्त गर्नुभयो ।

यस्तै केदारस्युँ गाउँपालिकाको अध्यक्षामा एमालेका इन्द्र भण्डारी दुई हजार ८१५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रमेश भण्डारीले दुई हजार ३६२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी निशा धामी दुई हजार ६६९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मनिषा धामीले दुई हजार ५४२ मत ल्याउनुभयो ।

यसैगरी खप्पड छान्ना गाउँपालिकाको अध्यक्षमा काँगेसका बर्क रोकाया दुई हजार २७९ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्स रोकायाले दुई हजार ९६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी पाओसरा थापा दुई हजार २५२ मतका साथ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी धिरा खत्रीले दुई हजार २५१ मत प्राप्त गर्नुभयो ।

बझाङको १२ स्थानीय तह मध्ये एक नगरपालिका र सात गाउँपालिकामा एमाले तथा काँग्रेस एक नगरपालिका र तीन गाउँपालिकामा विजयी भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot