Logo

पुर्चौडी नगरपालिकामा माओवादी केन्द्र विजयी



बैतडी , १८ असार ।पुर्चौडी नगरपालिकामा नेकपा ९माओवादी केन्द्र० विजयी भएको छ ।

नगर प्रमुखमा रणबहादुर कुँवर चार हजार ४४६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिपक बमले चार हजार १११ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा माओवादी केन्द्रकी जानकी बम चार हजार ९८४ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी जानकी साउदले तीन हजार ७८७ मत प्राप्त गर्नुभयो ।

पुर्चौडी नगरपालिकाको १० वटा वडा मध्ये ६ वडाध्यक्षमा काँग्रेस, तीनमा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएको छ । काँग्रेसबाट वडा नं १ को वडाध्यक्षमा गणेश गडाल, २ मा चक्रबहादुर बम, ७ मा रामबहादुर ऐरी र ८ मा जनक विष्ट विजयी भए भने एमालेबाट वडा नं ४ मा गौतम भट्ट, ६ मा जगी साउद र १० मा जीतबहादुर विष्ट निर्वाचित भए । माओवादी केन्द्रबाट वडा नं ३ मा दलबहादुर धामी, ५ मा नागी खडायत र ९ मा रम्बा बोहरा विजयी भए ।

बैतडीका कुल १० वटा स्थानीय तह मध्ये काँग्रेस ६ वटामा, एमाले तीन तथा माओवादी केन्द्र एउटामा विजयी भयो । रासस



प्रतिक्रिया दिनुहोस्