Logo

महन्थलाई फकाउँदै ओली, सबैलाई मान्य हुने संविधान संशोधन प्रस्ताव ल्याउने



काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरवीच आज टेलिफोनवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीले ठाकुरलाई संविधान संशोधन भए चुनावमा राजपा आउने वा नआउने के हो भन्दै चुनावमा सहभागिताको लागि सुनिश्चितता खोजेको थिए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संविधान संशोधनको लागि आफ्नो पार्टी नरम रहेको संकेत गर्दै असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपाको सहभागिताको शतप्रतिशत सुनिश्चितता खोजेका थिए ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘ठाकुरजी, संविधान संशोधन पारित गरेपछि चुनावमा जाने के ग्यारेण्टी छ, अहिले नै भन्नुहोस्, यदि साँच्चिकै जाने हो भने हामी संशोधनको लागि लचकता अपनाउँछौं, मलाई विश्वास गर्नुहोस्।’

ओलीले आफ्नो पार्टी एमालेबिना संविधान संशोधन पारित हुनै नसक्ने जिकिर समेत गरेका थिए । ओलीले सबैलाई मान्य हुने खालको संविधान संशोधन प्रस्ताव आफूले तयार पार्ने समेत आश्वासन नेता ठाकुरलाई दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्