Logo

दोस्रो चरणको निर्वाचनमा पनि एमालेको शतक पुरा, काँग्रेस पछ्याउँदै



काठमाडौं, १९ असार। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेले शतक पुरा गरेको छ। २३१ स्थानीय तहको मत परीणाम आउँदा एमालेले १०१ स्थानमा विजयी हासिल गरेको छ ।

काँग्रेसले अहिलेसम्म ९० स्थानीय तहमा जित हात पार्दै एमालेलाई पछ्याई रहेको छ । माओवादी केन्द्रले २९ स्थानमा जित निकालेको छ । झापाको कचनाकवलमा जितेसँगै दोस्रो चरणमा राप्रपाले आफ्नो खाता खोलेको छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिले ६ स्थानीय तह जितेको छ ।  त्यस्तै फोरम लोकतान्त्रिकले २ र राष्ट्रिय जनमोर्चाले २ स्थानीय तह जितेको छ । १०३ स्थानीय तहको परिणाम आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot