
काठमाडौं, १९ असार। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेले शतक पुरा गरेको छ। २३१ स्थानीय तहको मत परीणाम आउँदा एमालेले १०१ स्थानमा विजयी हासिल गरेको छ ।
काँग्रेसले अहिलेसम्म ९० स्थानीय तहमा जित हात पार्दै एमालेलाई पछ्याई रहेको छ । माओवादी केन्द्रले २९ स्थानमा जित निकालेको छ । झापाको कचनाकवलमा जितेसँगै दोस्रो चरणमा राप्रपाले आफ्नो खाता खोलेको छ ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिले ६ स्थानीय तह जितेको छ । त्यस्तै फोरम लोकतान्त्रिकले २ र राष्ट्रिय जनमोर्चाले २ स्थानीय तह जितेको छ । १०३ स्थानीय तहको परिणाम आउन बाँकी छ ।