Logo

ओलीजी लचक बन्नुभएको छ, अब संविधान संशोधन हुन्छ : गजुरेल



काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमालेपनि संविधान संशोधनप्रति सकारात्मक भएकोले असोज २ गते अघि नै संशोधन प्रस्ताव पारित हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘एमाले अध्यक्ष केपी ओलीजीले पनि भनिसक्नुभयो, हामी संशोधनमा लचक बन्छौं भनेर, अब उहाँले निर्वाचनमा मत हाँसिल गर्नमात्रै यस्तो भन्नुभएको त होईन होला।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पहिलो तहको स्थानीय तहको निर्वाचनको परिणामको तुलनामा दोस्रो चरणको मतपरिणाम राम्रो हुनेमा आफूहरुले आशा गरेको भएपनि त्यस्तो नभएको टिप्पणी गरे । उनले भने,‘परिणाम जे आएको छ, सकारात्मक छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot