Logo

देउवालाई पौडेलको धक्का, प्रधानमन्त्रीको रथमा चढ्नेहरु यस्ता छन् !



काठमाडौं, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा जुटेका छन् । स्रोतका अनुसार उनले यही असार २४ गतेभित्रै मन्त्रिमण्डल विस्तार गर्नेगरि अहिले आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।

त्यस्तै परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज भारत भ्रमणबाट फर्केलगत्तै माओवादीबाट प्राप्त नेताहरूलाई मन्त्रालयको टुंगो लगाइने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले जानकारी दिएको । माओवादीबाट महेन्द्रकुमार शाही, सीता नेपाली, शिवकुमार मण्डल र हितराज पाण्डेको नाम देउवा सरकारमा सहभागी हुने मन्त्रीमा चर्चा चलिरहेको छ । माओवादीको कोटामा जम्मा ९ वटा मन्त्रालय परेको छ ।

तर प्रधानमन्त्री देउवालाई अहिले पार्टीभित्रैबाट ठूलो दबाब पैदा भएको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षलाई पाँचवटा मन्त्रालय दिने तयारी गरेका छन् । तर पौडेलले आफ्नो पक्षलाई मात्रै ५ वटा मन्त्रालय दिनुपर्ने माँग गरेका छन् ।उनले आजमात्रैपनि प्रधानमन्त्री देउवालाई भेटेरै ठूलो धम्की दिएका छन् । आफ्नो पक्षधरलाई भनेजति मन्त्रालय नदिए पार्टीलाई राम्रो नहुने चेतावनी दिएका छन् ।

पौडेल पक्षमा मन्त्रीका आकांक्षी धेरै भएकोले कसलाई पठाउने भन्नेमा उनी द्विविधामा परेका छन् । डा. रामशरण महत, बलबहादुर केसीले आफैं मन्त्री बन्ने इच्छा देखाएका छन् । आफ्नो पक्षलाई प्राप्त हुने चारवटा कोटामा पौडेलले महेश आचार्यका साथै महिलाबाट सरिता प्रसाई कमला पन्त, जनजातिबाट धनराज गुरुङ र मधेसीबाट रामकृष्ण यादवलाई मन्त्री बनाउने स्रोतले बतायो । खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने निश्चित जस्तै रहेको बताइन्छ । सप्तरीका सुरेन्द्र यादब पनि मन्त्री बन्ने भएका छन।

त्यस्तै महामन्त्री शंशाक कोइराला र प्रधानमन्त्री देउवाको साझा प्रतिनिधिको रुपमा दिपक खड्कालाई पनि मन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ । उनले अघिल्लो सरकारको पालामा खानेपानी तथा सरसफाई राज्यमन्त्री हुँदा जनताको मन जित्ने काम गरेकोले उनलाई पूनः फुल मन्त्री बनाउने देउवाको तयारी रहेको छ । त्यस्तै सिटौला पक्षबाट भीमसेनदास प्रधान मन्त्री बन्ने भएका छन् ।

त्यस्तै दलितको कोटाबाट मिन विश्वकर्मालाई पनि मन्त्री बनाउने देउवाको तयारी रहेको छ । उनलाई सञ्चारमन्त्री बनाउने कांग्रेसको तयारी रहेको छ । प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल राप्रपासँगपनि कति वटा मन्त्रालय दिने भन्नेबारेमा कुरा लगभग मिलाईसकेका छन् । राप्रपालाई तीन वा चार मन्त्रालय दिने उनको तयारी रहेको छ । त्यस्तै, विजयकुमार गच्छदारलाई पनि तीन वटा मन्त्रालय दिने देउवाको तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्