Logo

पौडेल पक्षको आकस्मिक बैठक शशांक निवासमा, सरकारमा सहभागी हुनेबारे तेर्सायो शर्तहरु



काठमाडौं, २१ असार । नेपाली कांग्रेसभित्र सरकारमा पार्टीको तर्फबाट सरकारमा मन्त्रीहरु पठाउने विषयमा विवाद उत्पन्न भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र अर्का बरिष्ठ नेता रामचन्द्र पौडेलवीच मन्त्रालय कति लिने भन्ने विषयमा विवाद उत्पन्न भैरहेको बेला पौडेल समूले अब संख्यामा मात्रै नभएर महत्वपूर्ण मन्त्रालयहरुको समेत भागबण्डा हुनुपर्ने माँग गरेको छ ।

आज पौडेल समूहको बैठक महामन्त्री डा.सशांक कोइरालाको निवासमा बसेको छ । बैठकबाटै मन्त्रालय कति पाउने भन्ने कुरामात्रै नभएर महत्वपूर्ण मन्त्रालय भागबण्डा गर्नुपर्यो भन्दै नेता पौडेलले देउवालाई फोनमा आफ्नो कुरा राखेको स्रोतको दाबी छ ।

नेता पौडेलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“संख्यामात्रै होईन, महत्वपूर्ण मन्त्रालय पनि सेयर हुनुपर्छ, पार्टीभित्र समान व्यवहार हुनुपर्छ।”

त्यस्तै पौडेल समूहले सरकार सञ्चालन कार्य नीतिको समेत देउवासमक्ष माँग गर्ने निर्णय गरेको छ । उता राजनीतिक नियुक्तीमा समेत कसरी अघि बढ्न््े भन्ने विषयमा प्रष्ट खाका अर्थात टिओर बनाएर जानुपर्ने पौडेल समूले अडान लिएको छ ।

यी माँगहरु पूरा नभएसम्म सरकारमा सहभागी नै नहुने पौडेल पक्षले अडान लिएको छ । संभवत् प्रधानमन्त्री देउवाले आज र भोलिभित्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहेका छन् । उनले पौडेल पक्षधरलाई ४ वटा मन्त्रालय दिने तयारी गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्