Logo

लुम्बिनी नगरपालिकाको पाँचवटा वडामा फोरम नेपाल विजयी



रुपन्देही, असार २१ ।  लुम्बिनी सांस्कृतिक नगरपालिकाको पाँच वटा वडा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदबार विजयी भएका छन् । मेयर र उपमेयरको मतगणना जारी रहँदा वडा नं. ३, ७, ८, ११ र १३ को वडा अध्यक्षमा फोरम नेपालले जीत हासिल गरेको छ ।

वडा नं. ६ पर्साको अध्यक्षमा नैमुल हक मुसलमान, वडा नं. ७ भैसहियाको अध्यक्षमा धुव्र यादव, वडा नंं. ८ भरवरियाको अध्यक्षमा सरफुद्दीन खान, वडा नं. ११ मसिनाको अध्यक्षमा अकरम मुलसमान र वडा नं. ३ पडरियाको अध्यक्षमा अकरामुद्दीन नाऊ विजयी भएका छन् ।

पडरियाको एक वडा सदस्य बाहेक पाँच वटै वडा अध्यक्षमा फोरम नेपालको प्यानलनै जितेको संघीय समाजवादी फोरम नेपालको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर उम्मेदबार फखरुद्दीन खानले जनाकारी दिए ।

लुम्बिनी नगरपालिकामा बाकी रहेका १२ र १३ गरी दुई वटा वडाको मतगणना बुधबार रातिसम्म टुंगिने अनुमान छ ।

सो नगरपालिकामा फोरम नेपालबाट फखरुद्दीन खान र राजपाका स्वतन्त्र उम्मेदबार मनमोहनबीच कडा टक्कर देखिएको छ । यसअघि फोरम नेपालले रुपन्देहीको तीन वटा गाउँपालिकामा विजय हासिल गरिसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot