Logo

चन्द्रकोट गापाको पहिलो निर्णय : शैक्षिक सुधार गर्नका लागि कोषको स्थापना



कौरव खत्री, असार २३ गुल्मी । गुल्मीको चन्द्रकोट गाँउपालिकाको पहिलो बैठकले महत्वपूर्ण कामहरु सुरु गर्ने निर्णय गरेको छ ।

बैठकले चन्द्रकोट गाँउपालिकासँग सबैले हातेमालो गरौँ भन्ने अभियान अन्तर्गत आर्थिक संकलन कोषको स्थापना गरिएको छ । यस गाँउपालिका भित्र र बाहिर स्वदेश तथा विदेशका विभिन्न स्थानहरुमा रहेका चन्द्रकोबासीहरुलाई कोषमा आवद्ध गरि सबै चन्द्रकोबासीहरुको अपनत्व हुने र कोष सञ्चालनमा सबै दललाई प्रतिनिधित्व गर्ने समेत गाँउपालिका अध्यक्ष द्रोण खत्रीले जानकारी दिनुभयो ।

साथै अध्यक्ष खत्रीले भन्नुभयो,कोष मार्फत चन्द्रकोट गाँउपालिकाभित्र शैक्षिक सुधार अन्तर्गत गरिव,विपन्न,दलित बर्गका बालबालिकाहरुको शैक्षिक सुधार गर्ने र अबको ५ बर्षभित्र शान्तिपुर र तुराङ्ग मजुवामा एक÷एक वटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने समेत बताउनु भयो ।

अध्यक्ष खत्रीले भन्नुभयो,विजयीको खुशीयालीमा भोज भतेर गरेर ठूलो रकम खर्च गर्नुभन्दा उक्क्त भोज भतेरमा खर्च गर्ने रकम सामाजिक र रचनात्मक कार्यमा खर्च गर्नु आफ्नो लागि सान्र्दभिक भएकोले आफूले रु. १ लाख रकम कोषमा जम्मा गरि नयाँ कामको शुरुवात गरेको बताउनुभयो ।

बर्षादको समयमा अबरुद्ध सडकहरुलाई तत्काल सूचारु गर्ने र बाढी पीडितहरुलाई अनुगमन निरिक्षण गरि राहत वितरण जस्ता निर्णय गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot